एभेरेष्ट फ्लोरिडा कलेजले मधेशका विद्यार्थीलाई ७५ प्रतिशतसम्म छात्रवृति दिने
मधेशका विद्यार्थीहरुलाई ईन्जिनीयर बसन्त कुशवाहाले सो कलेजमा यसपालीको सेशनमा ७५ प्रतिशतसम्म छात्रवृति उपलब्ध गराउने घोषणा गरेका छन् । सो कलेजका सँस्थापक सेयरहोल्डर समेत रहेका कुशवाहाले १० जना विज्ञातर्फ र १० जना व्यवस्थापन सँकायतर्फ छात्रवृति पाउने बताएका छन् ।

२०७८ भदौ २४ बिहीबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौँस्थित रहेको एभेरेष्ट फ्लोरिडा उच्च माध्यकि विद्यालय (कलेज) ले मधेशका विद्यार्थीहरुलाई ७५ प्रतिशतसम्म छात्रवृति दिने घोषणा गरेको छ ।
काठमान्डौंको बानेश्वरस्थित रहेको एभरेष्ट फ्लोरिडा हाई स्कूलले प्रत्येक वर्ष मधेशी मूलका विद्यार्थीहरुलाई विशेष छात्रवृति दिँदै आएकोमा यस सेसनमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ७५ प्रतिशत छात्रवृति दिने भएको छ ।
मधेश मूलका विद्यार्थीहरुले सो विज्ञान र व्यवस्थापन सँकायमा सो छात्रवृति पाउनको लागि सीधा कलेजमा सम्पर्क गर्न भनिएको छ । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुमार कुशवाहाले सो छात्रवृतिको लागि सिफारिस गर्दै आएका छन् ।
मधेशका विद्यार्थीहरुलाई ईन्जिनीयर बसन्त कुशवाहाले सो कलेजमा यसपालीको सेशनमा ७५ प्रतिशतसम्म छात्रवृति उपलब्ध गराउने घोषणा गरेका छन् । सो कलेजका सँस्थापक सेयरहोल्डर समेत रहेका कुशवाहाले १० जना विज्ञातर्फ र १० जना व्यवस्थापन सँकायतर्फ छात्रवृति पाउने बताएका छन् ।
प्रत्येक बर्ष अति विपन्न, गरिब र जेहेन्दार विद्यार्थीलाई प्रदान गर्दै आएको सो छात्रवृतिको लागि सीधा कलेजमा सम्पर्क गर्न वा शरद सुन्दरको मोबाइल नम्बर ९८४१६२७२४३ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…