जेसिज समाजको लागि वरदानको रुपमा अघि बढनुपर्छः नेता साह
एकदिने वर्कशप कार्यक्रममा जेसिजका पदाधिकारी तथा सदस्यहरुलाई समाजिक कार्यमा अग्रसरता भावी नीति, आगामी कार्यक्रमहरुको बारेमा प्रशिक्षण दिएको हो । उनीहरुलाई समाजीक कार्यको लागि तौर तरिका र आउन सक्ने समस्याको उपायहरुबारे समेत प्रशिक्षण दिएको हो ।

२०७८ भदौ २० आइतबार, बिहान १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सँजय कुमार साहले जेसिजलाई समाजको कल्याण र वरदानको रुपमा स्थापित हुनुपर्ने धारणा राखेका छन् ।
शनिबार जनकपुरमा जनकपुर जेसिजद्धारा आयोजित मेमोरी वर्कशप ट्रेनिङगको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता साहले अन्य सँस्थाहरुको तुलनामा जेसिज जस्तो प्रतिष्ठित सँगठनले समाजमुखि कार्यहरुमा अग्रसर हुनुपर्ने धारणा राखे ।
जनकपुर जेसिजका अध्यक्ष जेसी मनोज कुमार साहको अध्यक्षतामा सम्पन्न भएको एकदिने सो वर्कशपको क्रममा पदाधिकारी तथा सदस्यहरुसँगको शिष्टाचार भेटघाट सहित पुरानो कार्यहरुको समिक्षा समेत गरिएको थियो । जेसिजको लागि र समाजको लागि योग्दान दिएका व्यक्तिहरुलाई स्मरण स्वरुप सम्मान समेत सो वर्कशप कार्यक्रममा गरिएको थियो ।
नेपाल केन्द्रीय मत्स्य सहकारी संघको केन्द्रीय अध्यक्ष समेत रहेका नेता साहले जेसिहरुलाई जनकपुर सहित आसपासको क्षेत्रमा सचेतनात्मक कार्यक्रमहरुको लागि अग्रसर हुन सुझाव दिँदै सम्मानको लागि कृतज्ञता पनि व्यक्त गरे ।
एकदिने वर्कशप कार्यक्रममा जेसिजका पदाधिकारी तथा सदस्यहरुलाई समाजिक कार्यमा अग्रसरता भावी नीति, आगामी कार्यक्रमहरुको बारेमा प्रशिक्षण दिएको हो । उनीहरुलाई समाजीक कार्यको लागि तौर तरिका र आउन सक्ने समस्याको उपायहरुबारे समेत प्रशिक्षण दिएको हो ।
सो कार्यक्रम जेसी राजेन्द्र प्रसाद साहको सँयोजकत्वमा गरिएको थियो भने सँचालन भने जनकपुर जेसिजका महासचिव राजकुमार साहले गरेका थिए । कार्यक्रममा जेसी विनय साहले अतिथिहरुलाई स्वागत मनतव्य राखेका थिए ।
एकदिने वर्कशपको लागि सहभागी जेसिहरुलाई इन्जिनीयर धीरज पँजीयारले भने प्रशिक्षण दिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…