सिरहाबाट ड्रग्स सहित सिँह पक्राउ
इलाका प्रहरी कार्यालय लहानबाट खटि गएको सिभिल डे्रेसका सई चन्दन कुमार यादव तथा लहान ट्राफिक सहितको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स.९प. ६३८ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा चालक सिंहले बोकेको झोलाबाट लागुऔषध भेटिएको हो ।

२०७८ भदौ १९ शनिबार, दिउँसो ३:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लागुऔषध (ड्ग्स) सहित सिरहाबाट एक जना युवक पक्राउ परेका छन् । उनलाई शुक्रबार लहान प्रहरीले पक्राउ गरेको हो
शनिबार अपरान्ह करिब ५ः३० बजेको समयमा लहान नगरपालिका वडा नम्बर १ ट्राफिक कार्यालय अगाडी सिरहाको गोलबजार नगपालिका वडा नम्बर ५ हसनपुर बस्ने अन्दाजी बर्ष २९ को सुधिर कुमार सिँहलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय लहानबाट खटि गएको सिभिल डे्रेसका सई चन्दन कुमार यादव तथा लहान ट्राफिक सहितको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स.९प. ६३८ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा चालक सिंहले बोकेको झोलाबाट लागुऔषध भेटिएको हो ।
उनको साथबाट नाईट्राभेट १५ पिस, २० नाईट्रासेन १० पिस, अल्टोरेकस सिडि १०० एमएल को ४ बोतल, बेरिक्यान सिडि( १०० एमएल को १ बोतल र गाजां अन्दाजी ७० ग्राम भेटिएको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…