वडाध्यक्ष चौधरीको मृत्यू, आज सार्वजनिक विदा
चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

२०७८ भदौ १७ बिहीबार, बिहान ९:५० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको मृत्यू भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।
चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको मृत्यूमा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…