मन्त्री यादवले सम्हाले कुर्शी, पदभार ग्रहण
मुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता देखिन्छ । मन्त्री यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा नलिई राजीनामा दिने हल्ला राजनीतिक वृत्तमा फैलाइएको थियो । तर, मन्त्री यादवले आफूले राजीनामा नदिने बताउँदै आज पदभार ग्रहण पनि गरेका हुन् ।

२०७८ भदौ १६ बुधबार, दिउँसो १:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेपछि भूमि व्यवस्था तथा कृषि मन्त्री बनेको विजय कुमार यादव पदरभार सम्होलका छन् ।
मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थ र अर्थ मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरिसकेका छन् । अर्थ मन्त्रीबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री यादवले मँगलबार मात्र पदभार ग्रहण गरेका छन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी खोसिएपछि मन्त्री यादव असन्तुष्ट देखिएको भएपनि आज उनले आफ्नो पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयमा कर्मचारी तथा उनका समर्थकहरुले स्वागत गरेका थिए ।
मुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता देखिन्छ । मन्त्री यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा नलिई राजीनामा दिने हल्ला राजनीतिक वृत्तमा फैलाइएको थियो । तर, मन्त्री यादवले आफूले राजीनामा नदिने बताउँदै आज पदभार ग्रहण पनि गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…