आज सार्वजनिक विदाको घोषणा
हिन्दु धर्मावलम्बीहरुको अराध्यदेवको रुपमा भगवान कृष्णको जन्मोत्सवको रुपमा प्रत्येक वर्ष कृष्णाष्टमी मनाउँदै आएको छ । भोली कृष्णाष्टमीको अवसरमा धनुषा सहित तराई मधेशको विभिन्न ठाउँमा भव्य मेला, साँस्कृतिक कार्यक्रम, नाचगानहरु लाग्नेछ ।

२०७८ भदौ १४ सोमबार, बिहान ७:२६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आज (सोमबार) सार्वजनिक विदा दिने निर्णय अनुसार आज सार्वजनिक विदा दिएको हो ।
मन्त्रीपरिषदको बैठकबाट भदौ १४ गते कृष्णाष्टमीको दिन सार्वजनिक विदा दिने निर्णय गरिएकोमा सोमबार सार्वजनिक विदाको घोषणा गरिएको हो । व्रतालु महिलाहरुले व्रत वस्ने भएपछि सार्वजनिक विदा दिएको हो ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ ।
जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरे पनि यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना प्रकाशन गरी कुनै प्रकारको भीडभाड हुने गरी मेला, नाचगान नलगाउन सूचना प्रकाशित गरेको हो । ग्रामिण भेकमा भने कृष्णाष्टमीको मेला प्रत्येक वर्ष लाग्दै आएको छ । कोरोना महामारीमा पनि ग्रामिण भेकमा मेला, नाचगानहरु रोकिएको देखिदैनन् ।
हिन्दु धर्मावलम्बीहरुको अराध्यदेवको रुपमा भगवान कृष्णको जन्मोत्सवको रुपमा प्रत्येक वर्ष कृष्णाष्टमी मनाउँदै आएको छ । भोली कृष्णाष्टमीको अवसरमा धनुषा सहित तराई मधेशको विभिन्न ठाउँमा भव्य मेला, साँस्कृतिक कार्यक्रम, नाचगानहरु लाग्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…