मिथिला विहारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा यादव
कार्यभार सम्हाल्दै अधिकृत यादवले शिक्षा शाखामा हुँदा देखाएको इमान्दारितालाई दृष्टिगत गरी प्रशासनीक कार्यको जिम्मेवारी समेत सफलता र कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता जाहेर गरे ।

२०७८ भदौ १२ शनिबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामदरश यादव आएका छन् ।
उपसचिव स्तरका रहेका अधिकृत यादवलाई विहिबार नगरपालिकाका मेयर अनिल कुमार यादवले अबिर माला लगाएर स्वागत गरे । प्रशासनीक कार्य सम्पादनको लागि यादवले अधिकृतको कार्यभार सम्हालेका छन् ।
सोही नगरपालिकामा शिक्षा शाखामा कार्यगर्दै आएका यादव आफ्नो कार्यसम्पादनलाई लिएर छवि बनाएका छन् । मिथिला बिहारी नगरपालिकाको कार्य सम्पादनको लागि अधिकृत यादवले अझ सफल रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यभार सम्हाल्दै अधिकृत यादवले शिक्षा शाखामा हुँदा देखाएको इमान्दारितालाई दृष्टिगत गरी प्रशासनीक कार्यको जिम्मेवारी समेत सफलता र कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता जाहेर गरे ।
उनलाई नगर प्रमुख यादव सहित उपप्रमुख, अन्य कर्मचारीहरु, जनप्रतिनीधिहरुले स्वागत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…