ट्राफिक प्रहरी विरुद्ध आन्दोलनमा बस व्यावसायी, हटाइएका काउण्टर स्थापनाको माग
यसका साथै, यात्रुहरुको सुविधाकै लागि निकट भविष्यमा यात्रुको सुबिधालाई मध्य नजर गर्दै अनलाईनबट समेत टिकट काटने ब्यवस्था मिलाउदा मिलाउदै गत भदौ ९ गते लहानस्थित ट्राफिक प्रहरीले ज्यातदी गरेको भन्दै बस व्यावसायीहरुको समान फिर्ता गर्न माग गरेको हो । सो क्रममा ट्राफिक, जनपद प्रहरी सहित लहान नपाका नगर प्रहरीले बस मजदुरहरुको समान लिएको आरोप छ । सो समानहरु फिर्ता गरिदिनको लागि दबाब दिने निर्णय गरिएको हो ।

२०७८ भदौ ११ शुक्रबार, राति ९:०२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा सहित पूर्व पश्चिम राजमार्गको विभिन्न स्थानमा टिकट काउण्टर राखेर यात्रुलाई सहजीकरण गर्ने निर्णय गरिएको छ ।
शुक्रबार सिरहा सहित पूर्व क्षेत्रका बस व्यावसायीहरुले पत्रकार सम्मेलन गरी सिरहा सहित राजमार्गको हरेक ठाउँमा टिकट काउण्टर राखेर यात्रुलाई सहजीकरण गर्ने निर्णय गरिएको हो ।
सगरमाथा बस ब्यवसायी प्रा.लि. लहानका अध्यक्ष हरिनारायण यादवको अध्यक्षतामा बसेको बैठकबाट विभिन्न निर्णयहरु गरी पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक गरिएको हो ।
लहानका यातायात मजदुरहरुले स्थानीय प्रशासन र नगरपालिकासँग व्यवस्थित व्यवसाय गर्न पाउ भनेर माग गरेका छन् । शुक्रबार सगरमाथा बस व्यवसायी प्रालिको कार्यालयमा पत्रकार सम्मेलन गरी पछिल्लो समय भएको घटना विषयमा जानकारी समेत दिएका छन् ।
गएको बुधबार यातायात मजदुरहरुको टिकट बुकिङ्ग काउण्टरबाट प्रहरी प्रशासनले सरसमान उठाएर लगेपछि मजदुरहरु आन्दोलित भएका छन् । बिहिबार उनीहरुले लहान बजारमा ट्राफिक प्रहरी र नगर प्रहरीले ज्यादती गरेको प्रदर्शन पनि गरेका थिए ।
पत्रकार सम्मेलनमा सगरमाथा बस व्यवसायी प्रालीका अध्यक्ष हरिनारायण यादवले यातायात मजदुरमाथि कुनै किसिमको ज्यादती मान्य नहुने बताए । हामीले यात्रुलाई सहज र यातायात मजदुरलाई पनि मार्का नपारी यातायात सञ्चालन गर्नुपर्ने बताए । प्रहरीले लगिएको सरसमान तुरुन्त फिर्ता गर्नु उनले माग गरे ।
लहान नगरपालिकाले नयाँ बस पार्क सञ्चालन गरेपछि विवाद देखिएको छ । नगरपालिकाले टिकट काउण्टर बस पार्कभित्रै राख्नुपर्ने अडानमा छन् । तर, व्यवसायीहरुले वर्षौदेखिकै ठाउँबाट टिकट काटन पाउनुपर्ने बताउँदै आएका छन् । बस पार्क सञ्चालन अघि नै जुन सम्झौता भएको छ त्यो अनुसार आफुहरु काम गर्न तयार रहेको उनले बताए ।
‘लहान बाहेकका शहरहरुमा काउण्टर एक ठाउँमा बस पार्क अर्को ठाउँमा रहेको देखिन्छ,’अध्यक्ष यादवले भने,‘काउण्टर नै बस पार्कमा किन लग्नुपर्यो । सवारी साधन पार्कमा जादैँछ ।’
‘हामीले टिकट काउण्टरबाट नै टिकट काट्ने र यात्रुले आफ्नो सुविधा अनुसार बस चढ्न र ओर्लन पाउनुपर्ने माग गरेका छौ,’ शम्भु चौधरीले भने,‘बस पार्कमा शुल्क सवारी साधनले तिर्दै आएको छ । बस पनि राख्ने गरेको छ । बजारमा भाडा बसेको ठाउँमा प्रहरी प्रशासनले गरिरहेको जर्वजस्ती रोक्नुपर्छ ।’ बजारमा एरियामा पनि ठाउँठाउँमा ५÷१० मिनेट सवारी रोक्न दिनुपर्ने सुविधा हुनुपर्ने उनले बताए । जसले यात्रुलाई सहज पुग्ने उनले सुनाए ।
‘अहिले कुनै मान्छेलाई लहानबाट नजिकै बजारमा जानुपर्ने हुँदा बस पार्कमा गएर सवारी समातेर जानु परे महगो हुन्छ,’ भुपाल घिमिरेले भने,‘जतिमा बजारबाट बस, म्याजिकमा चढेर गन्तव्यमा पुग्छ । त्यो भन्दा बढी भाडा बस पार्क पुग्नै खर्च हुन्छ ।’ यात्रुलाई झन्झटिलो र खर्चिलो बनाउन नहुने उनले सुनाए ।
बस पार्क सञ्चालनमा आफुहरु सक्दो सहयोग गर्ने उनले बताए । तर, जर्वजस्ती गर्दा आफुहरु पनि नमान्ने उनको भनाई छ । पूर्व–पश्चिम राजमार्गमा अवरोध राखेर जर्वजस्ती सबै सवारी साधनबाट पैसा उठाउनु नहुने उनले सुनाए । अहिले लहानमा यात्रु नलिने सवारीलाई पैसा तिर्नुपरेको उनले बताए । बस पार्कमा आवतजावत पनि सहज नरहेको उनको गुनासो छ ।

यसका साथै, यात्रुहरुको सुविधाकै लागि निकट भविष्यमा यात्रुको सुबिधालाई मध्य नजर गर्दै अनलाईनबट समेत टिकट काटने ब्यवस्था मिलाउदा मिलाउदै गत भदौ ९ गते लहानस्थित ट्राफिक प्रहरीले ज्यातदी गरेको भन्दै बस व्यावसायीहरुको समान फिर्ता गर्न माग गरेको हो । सो क्रममा ट्राफिक, जनपद प्रहरी सहित लहान नपाका नगर प्रहरीले बस मजदुरहरुको समान लिएको आरोप छ । सो समानहरु फिर्ता गरिदिनको लागि दबाब दिने निर्णय गरिएको हो ।
व्यावसायीहरुले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बस सँचालन गर्ने निर्णय गरेको हो । उनीहरुले बीच बीचमा टिकट काउण्टर सहित यात्रु ओराल्ने र चढाउने बारे सख्त नियम बनाउने निर्णय समेत गरेको हो ।
राजमार्गमा बस स्टप हुँदाहुँदै पनि यात्रु चढाउन नचाहने बस व्यावसायी वा मजदुरलाई कारवाहीको दायरामा ल्याउने गरी निर्णय गरिएको हो । सोही क्रममा छोटो दुरीको सवारी सँचालनको लागि समेत निर्णयहरु गरिएको हो ।
सागरमाथा बस व्यावसायी सँघका पदाधिकारीहरु, माउण्ट सागरमाथा यातायात प्रा.लि.का सँचालक दिनेश कुमार साह सहित पदाधिकारीहरु लगायत अन्य बस व्यावसायीहरुको मोटो उपस्थितिले निर्णयहरु सार्वजनिक गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…