कमला नगरपालिकाः कोभिडशिल्डको पहिलो डोज लिएकाहरुलाई दोस्रो डोजमा अष्ट्राजेनिका भ्याक्सिन
कोभिडशिल्डको पहिलो डोज लिएर महिनौदेखि प्रतिक्षारत रहेको नागरिकलाई भदौ १२ र १३ गते कमला नगरपालिकाको नजिकको स्वास्थ्य सँस्थामा गएर विहान १०ः३० बजदेखि अपरान्ह ४ः३० बजेसम्म खोज अभियानमा सहभागी हुन अनुरोध गरिएको हो ।

२०७८ भदौ ९ बुधबार, दिउँसो ४:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोभिडशिल्ड भ्याक्सिन लिएका नागरिकहरुले दोस्रो डोजको लागि प्रतिक्षामा रहेको बेला भदौ १२ र १३ गते दोस्रो डोज दिने भएको छ ।
धनुषाको कमला नगरपालिकाले सूचना जारी गर्दै कोभिड १९ विरुद्धको खोपमध्ये कोभिडशिल्डको पहिलो डोज लिएका नागरिकहरुले दुई दिनसम्म दोस्रो डोज लिन आउन भनिएको छ ।
नगरपालिकाका स्वास्थ्य सँयोजक सत्यनारायण ठाकुरका अनुसार, कोभिडशिल्डको पहिलो डोज लिएका नागरिकले कोभिडशिल्डको सट्टा अष्ट्राजेनिका भ्याक्सिन ( astrazeneca vaccine) लिन पाउने छ । एउटै सिरमको भ्याक्सिन भएकोले कोभिडशिल्डको पहिलो डोज लिनेहरुले सो भ्याक्सिन लगाउन पाउनेछ ।

कोभिडशिल्डको पहिलो डोज लिएर महिनौदेखि प्रतिक्षारत रहेको नागरिकलाई भदौ १२ र १३ गते कमला नगरपालिकाको नजिकको स्वास्थ्य सँस्थामा गएर विहान १०ः३० बजदेखि अपरान्ह ४ः३० बजेसम्म खोज अभियानमा सहभागी हुन अनुरोध गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…