आफ्नो जग्गामा कालो झण्डा गाडदै रेल मुआब्जा पीडितहरु आन्दोलनमा
कठ्ठाको २० लाखदेखि १ करोड २० लाखसम्म रेल्वे मुआब्जा पीडितहरुले मागेको

२०७८ भदौ ६ आइतबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको बर्दिबासका रेल मुआब्जा पीडित स्थानीयहरु आन्दोलित भएका छन् ।
चलनचल्तीको मूल्यमा मुआब्जा नदिएको भन्दै उनीहरु अधिग्रहण गरिएको जग्गाका कित्ताहरुमा कालो झण्डा गाडेका छन् ।
२०७३ पुस २ मा मेची–महाकाली रेलवे लिक र स्टेसन निर्माणका बर्दिबास नगरपालिकाको वडा नम्बर १, २ र १४ मा पर्ने ५७ बिघा भन्दा बढी जग्गा अधिग्रहण गरेको थियो ।
कौडीको भाउमा जग्गा नदिने भन्दै किसानहरु आन्दोलित भएका हुन् । रेलवे स्टेसनभित्र अधिग्रहणमा परेको जग्गाको ३२ शीर्षकमा विभाजित गरेर हालै कठ्ठाको ७ लाखदेखि ८० लाखसम्म मुआब्जा निर्धारण गरिएको छ ।
मालपोतमा गरिएको जग्गा रजिष्ट्रेसन, बैंकले प्रवाह गर्ने कर्जाको मूल्यांकन, नगरपालिकाले लिने सम्पत्ति करको आधार र अन्य मुल्यांकनका आधारमा मुआब्जा तय गरिएको मुआब्जा निर्धारण समितिका संयोजक तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाए ।
कठ्ठाको २० लाखदेखि १ करोड २० लाखसम्म रेल्वे मुआब्जा पीडितहरुले मागेको रेलवे पीडित संघर्ष समितिका संयोजक राजु खड्काले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…