जनकपुरमा युवाहरुको निरन्तर सेवा, कोरोनामा 'मास्क अभियान'
सो क्रममा अभियन्ता कैयुम राइन, न्यूज ब्यूरोका सँवाददाता एवम् लियो क्लबका सदस्य सलामत राईन, विद्यार्थी गुरुदयाल शर्मा लगायतका विद्यार्थीहरुले मास्क सहित सचेतनात्मक बैनर प्रदर्शन गरेको देखिएका थिए ।

२०७८ भदौ ५ शनिबार, बिहान ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको दोस्रो लहरको क्रममा निःस्वार्थ समाजसेवामा खटेका युवाहरु निरन्तर नागरिकलाई सहजताको लागि सेवामा तल्लिन देखिएका छन् ।
कोरोना महामारी नियन्त्रण व्यवस्थापन केन्द्रका पदाधिकारी एवम् सदस्यहरुले जनकपुरको चोक चोकमा मास्क अभियानको थालनी गरी मास्क नभएकाहरुलाई मास्क वितरण गरी सन्देश समेत दिन थालेका छन् ।
.jpg)
सोही क्रममा शुक्रबार लियोन क्लव अफ जनकपुरधामको आर्थिक सहयोगमा लियो क्लव अफ जनकपुरधाम र महामारी नियन्त्रण व्यवस्थापन केन्द्रको सहकार्यमा जनकपुरधाम उमहानगरपालिका वार्ड नं १ (मिल्स एरिया चौकमा) मास्क अभियान सँचालन गरे ।
नेपाल मास्क अभियानमा चौथो दिन युवाहरुले मिल्स एरियामा गाउँस्तरबाट आउने यात्रु सर्वसाधारणहरुलाई मास्क लगाउन तथा मास्क नभएकाहरुलाई अनिवार्य मास्क लगाउने गरेको देखिए ।

“सही तरीकाले मास्क लगाऔं, अरुलाई पनि सही तरीकाले मास्क लगाउन प्रेरित गरौं । जिम्मेवार नागरिक बनौं । आफू र अरुलाई कोभिड(१९ को संक्रमण बाट बचाऔं । नेपाल मास्क अभियान सफल पारौँ ।” मूल नाराका साथ युवाहरुले मास्क अभियानलाई निरन्तरता दिएका छन् ।
लियो क्लबका पदाधिकारीहरु, महामारी नियन्त्रण व्यवस्थापन केन्द्रका पदाधिकारीहरु, विद्यार्थी, युवाहरुले मिलेर मास्क अभियानलाई बलियो पारेका छन् ।

सो क्रममा अभियन्ता कैयुम राइन, न्यूज ब्यूरोका सँवाददाता एवम् लियो क्लबका सदस्य सलामत राईन, विद्यार्थी गुरुदयाल शर्मा लगायतका विद्यार्थीहरुले मास्क सहित सचेतनात्मक बैनर प्रदर्शन गरेको देखिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…