जसपा लोकतान्त्रिक पार्टी खुलेपछि धनुषाको धनौजीमा दीप प्रज्वलन
युवा नेता झाले जसपा लोकतान्त्रिक पार्टी मधेश देशको कुनाकुनामा पुग्ने दावी गरे ।

२०७८ भदौ ३ बिहीबार, राति ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महन्थ ठाकुर र राजेन्द्र महतो समूहले नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गराएपछि धनुषाको धनौजीमा खुसियाली मनाएको छ ।
जसपा ठाकुर महतो समुहले ‘जसपा लोकतान्त्रिक पार्टी’ गठन गरेको खुसीमा धनौजीको नेता कार्यक्रताहरुले खुसहाली मनाएका छन् ।
उनीहरुले धनौजी बजार मा दिप प्रज्वलन गरि खुसी मनाएका हुन । लोकतान्त्रिक शक्तिहरु एक भएर जसपा लोकतान्त्रिकलाई मधेश र देशको हितमा काम गर्नै लक्ष्य सहित खुसयाली मनाएका हुन् ।
धनौजीको मेयरको प्रत्यशी नेता जिबेन्द्र झाको आगुवाइमा सो दिप प्रजोलोन गरिएको थियो । युवा नेता झाले जसपा लोकतान्त्रिक पार्टी मधेश देशको कुनाकुनामा पुग्ने दावी गरे ।
लोकतन्त्रवादी शक्तिहरु एकजुट भएर अव जनता समाजवादी पार्टी लोकतान्त्रिक लाई अगाडि बढाइने उनीहरुको धारणा छ । कार्यक्रममा युवा नेता रोशन मिश्र ,नागेन्द्र साह लगायत ५० बढी नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…