घरपरिवार सहित बलवा नगरपालिकाका मेयर पोखरा भ्रमणमा, युवाहरुले गरे अफिसमा तालाबन्दी
जनप्रतिनीधिका साथै कार्यालय सहयोगी बाहेक अन्य सबै कर्मचारीहरु समेत भ्रमणमा गएका छन् ।

२०७८ भदौ २ बुधबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित रहेको बलवा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
बलवा नगरपालिकाका जनप्रतिनीधिहरु परिवार सहित लामो भ्रमणमा गएको बेला स्थानीय युवाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । स्थानीय युवाहरुले बुधबार दिउँसो कार्यालयमा तालाबन्दी गरेको हो ।
विगत १० दिनदेखि बिना सूचनाकै नगरपालिकाका नगर प्रमुख विनोद कुमार यादव सहित वडाध्यक्षहरु, वडासदस्यहरु पोखरा भ्रमणमा गएका छन् । जनप्रतिनीधिहरुले आ आफ्नो परिवारका सदस्यहरुलाई समेत लिएर सरकारी खर्चमा भ्रमणमा लगेको भन्दै युवाहरुले विरोध जनाएका छन् ।
जनप्रतिनीधिका साथै कार्यालय सहयोगी बाहेक अन्य सबै कर्मचारीहरु समेत भ्रमणमा गएका छन् । कर्मचारीहरु समेत भ्रमणमा गएपछि सेवाको लागि आउने सेवाग्राहीहरु त्यतिकै घर फर्कन बाध्य भएका छन् ।
ईन्जिनीयर बसन्तराज साहको अगुवाई गएको युवाहरुको टोलीले मेयर यादव विरुद्ध नारावाजी गर्दै कार्यालयमा तालाबन्दी गरेको हो । उनीहरुले जनप्रतिनीधिहरु भ्रमणबाट आएपछि भ्रमणको सबै हरहिसाब लिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…