सिरहामा एकजनामाथि बन्चरो प्रहार, घटनाप्रति राजपाको ध्यानाकर्षण
सिरहा, १ चैत्र । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ८ मा एकजना उपर भएको अक्रमणको घटनाप्रति राजपा नेपाल जिल्ला कार्यसमिति सिरहाको ध्यानाकर्षण भएको छ । गत फाल्गुन २८ गते कल्याणपुर नगरपालिका वडा नं. ८ बस्ने ५८ बर्षीय लक्ष्मी नारायण सिंह आफ्नै घरमा बसिरहेको अबस्थामा स्थानिय २६ बर्षीय प्रभाष सिंहले लक्ष

२०७४ चैत १ बिहीबार, बिहान ९:२९ बजे१ मिनेट पढाइ

सिरहा, १ चैत्र । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ८ मा एकजना उपर भएको अक्रमणको घटनाप्रति राजपा नेपाल जिल्ला कार्यसमिति सिरहाको ध्यानाकर्षण भएको छ ।
गत फाल्गुन २८ गते कल्याणपुर नगरपालिका वडा नं. ८ बस्ने ५८ बर्षीय लक्ष्मी नारायण सिंह आफ्नै घरमा बसिरहेको अबस्थामा स्थानिय २६ बर्षीय प्रभाष सिंहले लक्ष्मी नारायणमाथी बन्चरो प्रहार गरी सख्त घाइते बनाएको घटनाप्रति राजपाको ध्यानाकर्षण भएको बुधबार जारी गरेको बिज्ञप्ती उल्लेख रहेको छ ।

वडा सदस्य समेत रहेका प्रभाषले उपभोक्ता समिति आसेपासेलाइ बनाएको भन्दै त्यसको बिरोधमा लक्ष्मीनारायणले कल्याणपुर नगरपालिकाको कार्यालयमा निवेदन दिएको निहुँमा प्रभाषले आफ्नो भाई अभाष सिंह र बुबा कैलाश सिंहको सहयोगमा लक्ष्मी नारायणमाथी बन्चरोले शरिरको बिभिन्न भागमा आक्रमण गरी सख्त घाइते बनाएको बिज्ञप्ती मार्फत जनाईएको छ ।
घटनाको बिषयमा पिडितले निवेदन दिन जाँदा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले जाहेरी दर्ता गर्न अस्विकार गरि निवेदकसंगै गएका राजपा नेताहरुलाई दुरब्यबहार गरेको समेत बिज्ञप्तीमा उल्लेख रहेको छ ।
लक्ष्मी नारायणमाथी आक्रमण गर्ने प्रभाष सिंहलाई प्रहरीले पक्राउ गरेपनि सोही दिन मिलेमतोमा तत्कालै छाडिएकोले प्रहरीको नियतमाथी प्रश्न चिन्ह खडा भएको बिज्ञप्ती मार्फत जनाईएको छ ।
पिडक प्रभाषलाई ३ दिन भित्रमा पक्राउ नगरे चरणबद्ध रुपमा आन्दोलनमा उत्रने राजपा नेपाल सिरहा जिल्ला संयोजक मोहम्मद मुस्ताकद्धारा जारी बिज्ञप्ती मार्फत चेताबनी समेत दिईएको छ । बिज्ञप्तीमा राजपा अध्यक्ष मण्डलका जिल्ला सदस्यहरु राम दयाल यादब, राम बहादुर महतो, जिबरंजन यादब, उपेन्द्र सिंह र शर्बनारायण झाको हस्ताक्षर रहेका छन् ।
बन्चरो प्रहारबाट सख्त घाइते भएका लक्ष्मीनारायण सिंहको हाल म्याक्स ईनटरनेश्नल हस्पिटल बिराटनगरमा उपचार भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…