वीरगँजको नारायणी अस्पतालमा अख्तियारको छापा, फार्मेसीमा करोड बढी घोटालाको आशँका
टोलीले अस्पतालको लेखा शाखा, स्टोर र फार्मेसीमा छापामारी गरेर आवश्यक लगत संकलन गरेको छ ।

२०७८ साउन ३२ सोमबार, बेलुकी ५:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियारले छापा मारेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडोको टोलीले सोमवार अस्पतालमा छापामारी गरेको हो । आयोगका उपसचिब विष्णु प्रसाद सापकोटाको नेतृत्वमा आएको ५ सदस्यीय टोलीले अस्पतालमा १ करोड २० लाखभन्दा धेरै रकम अनियमितता भएको भन्ने खबरको आधारमा छापामारी गरेको हो ।
केही दिन अघि नारायणी अस्पतालको फार्मेसीमा करिब १ करोड २० लाख रकम हिनामिना भएको भन्ने खबर सार्वजनिक भएपछि अस्पताल अख्तियारको नजरमा परेको हो । टोलीले अस्पतालको लेखा शाखा, स्टोर र फार्मेसीमा छापामारी गरेर आवश्यक लगत संकलन गरेको छ ।
यसका साथै विगतदेखिको औषधी खरिदको बिलसहित अन्य महत्वपूर्ण कागजातसमेत टोलीले नियन्त्रणमा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानले जानकारी दिए ।
छापामारीको क्रममा अस्पतालका नियमित सेवाहरुमा कुनै प्रभाव नपरेको डा. प्रधानले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…