सिरहामा मोसा र पिकअप जुध्यो, ३ जना घाईते
बसिरको टाउको र र हातमा चोट लागेको छ भने जयतुलालाई दाहिने खुट्टामा चोट लागेको छ ।

२०७८ साउन ३२ सोमबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाजिल्लास्थित मोटरसाईकल (मोसा) र पिकअप भ्यान एक आपसमा जुध्दा तीन जना घाईते भएका छन् ।
सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित रहेको हिमालय सुगर मिलको एक नम्बर गेट अगाडी पानी बोकेको पिकअप भ्यान र मोटरसाईकल जुध्दा मोटरसाईकलमा सवार तीन जना घाईते भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता डिएसपी सुभाष बुढाथोकीका अनुसार सिरहाको चोहर्बाबाट सिरहा तर्फ जाँदै गरेको बाबा. १८. च ८५४४ नम्बर को म्याजिक भ्यान र स.९. प १००६ मोटरसाइकल एक आपसमा जुधेको हो ।
आईतबार अपरान्ह भएको सो दुर्घटनामा मोटरसाईकलमा सवार मोटरसाईकल चालक सिरहा नगरापलिका वडा नम्बर ३ बस्ने अन्दाजी बर्ष ३० को बसिर मियाँ, उनका भाउजु अन्दाजी बर्ष २३ ककी जयतुला खातुन र एक ४ बर्षिय बच्चा समेत घाईते भएको हो ।
बसिरको टाउको र र हातमा चोट लागेको छ भने जयतुलालाई दाहिने खुट्टामा चोट लागेको छ । पिकअप भ्यान चालकलाई समेत समान्य चोट लागेको हो । उनीहरुलाई स्थानीय क्लीनिकमा उपचारपछि घर फर्काइएको हो ।
अहिले मोटरसाईकल र पिकअप जिल्ला प्रहरी कार्यालय सिरहको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…