शहिदनगरमा आफ्नै पाठ्यक्रमः शहिदको इतिहास, बलिदानी, चाडपर्व, कृषि सम्बन्धी बालबालिका पढाइने
आफ्नै स्थानीय पाठ्यक्रम लागू भएपछि नगरभरिका विद्यालयहरुमा शहिदनगरको इतिहास, शहिदको बलिदानीको इतिहास, यहाँको चाडपर्व, कृषि टेक्नीक सहित अन्य व्यवहारिक र भौगोलिक विषयमा अध्ययन गर्न पाउनेछ ।

२०७८ साउन ३० शनिबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाले आफ्नै पाठ्यक्रम लागू गरिने भएको छ । शहिदनगरभित्रका बालबालिकाहरुलाई स्थानीय पाठ्यक्रम समेत अध्ययन गराउने भएको छ ।
प्रदेश नम्बर २ मै प्रथम शहिदनगर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । शहिदनगर नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि ३ दिने तेस्रो चरणको कार्यशाला सम्पन्न गरी स्थानीय पाठ्यक्रम लागु गर्ने बताइएको छ ।
सो क्रममा नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले स्थानीय पाठ्यक्रम लागू गर्ने भनेको संबिधान लागू गर्नु सरह रहेको बताए ।

“त्यसैले स्थानीय पाठ्यक्रम लाई बिकास गरेर राष्ट्रिय स्तरमा पुर्याउन शहिदनगर नगरपालिका शहिदहरुको बलिदानीबाट बनेको हुनाले सबै शहिदहरु लाई समेट्दै उहाँहरुको जिवनी, यहाँका चाडपर्व , कृषि , पर्यटकीय स्थल, नदिनाला, मठमन्दिर आदिका बारेमा बौद्धिक बर्ग , शिक्षक, बिषयबिज्ञ , राजनीतिक दल सबै संग अन्तरक्रिया छलफल गरी स्थानीय पाठ्यक्रम लाई सरल सहज र सक्षम बनाइ लागू गरिने छ।”– नगर प्रमुख उदय कुमार बरबरियाले भने ।
आफ्नै स्थानीय पाठ्यक्रम लागू भएपछि नगरभरिका विद्यालयहरुमा शहिदनगरको इतिहास, शहिदको बलिदानीको इतिहास, यहाँको चाडपर्व, कृषि टेक्नीक सहित अन्य व्यवहारिक र भौगोलिक विषयमा अध्ययन गर्न पाउनेछ ।
कार्यक्रममा प्रदेश नम्बर २ का शिक्षा निर्देशक चुडामणी फुयाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुध्न प्रसाद यादव , शिक्षा विकास समन्वय एकाइ प्रमुख इश्वरी प्रसाद ज्ञवाली, पाठ्यक्रमबिदद्वय देबिदत्त पौडेल तथा सचितानन्द घिमिरे , डा. कैलाश भुडेर यादव , पूर्व श्रोतब्यक्ति राजकुमार यादव , पूर्व प्र.अ. रामजी यादव , विभिन्न वडाका वडा अध्यक्षहरुसहित नगर भित्रका सम्पूर्ण प्रधानाध्यापक तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…