हनुमानचोक र ईस्लामचोक प्रकरणः जनकपुरमा न्यूजब्यूरोकर्मीमाथि आक्रमणको प्रयास !
आफूहरु विगत ३० बर्षदेखि त्यहाँ रहेको भन्दै इस्लाम चोक नाम राखेको जिकिर उनीहरुको छ ।

२०७८ साउन ३० शनिबार, बेलुकी ५:३७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा रहेको हनुमानचोकलाई ईस्लामचोक नाम लेखेको सम्बन्धमा समाचार लेखेपछि न्यूजब्यूरोकर्मीमाथि आक्रमणको प्रयास भएको छ ।
न्यूज ब्यूरोमा साउन ३० गते शनिबार जनकपुरमा हनुमानचोकलाई इस्लामचोक लेखेपछि... शिर्षकको समाचार प्रकाशित भएपछि यमराज साफी नामक व्यक्तिको समूहले जनकपुरमै आक्रमणको प्रयास गरेका छन् ।
शनिबार अपरान्ह ४ः४० बजेको समयमा ९८१६८७१७८६ नम्बरबाट न्यूज ब्यूरोका सम्पादक काशिन्द्र कुमार शर्मालाई फोन गरी जनकपुरको कदमचोकमा बोलाएका थिए । शर्माले किन बोलाएको ? भन्दा कुरा गर्नुपर्ने र रिसमा बोलेका थिए । सो नम्बर यमराज साफी नामक व्यक्तिको रहेको देखिएको छ ।
सम्पादक शर्मा सो समयमा उपस्थित हुन नसक्ने भन्दै न्यूज ब्यूरोका धनुषा सँवाददाता सुरेन्द्र कुमार यादवलाई पठाएका थिए । ब्यूरोकर्मी यादवले उनलाई आफू भानुचोकमा रहेको र सोही ठाउँमा आएर कुरा गर्न भनेका थिए ।
केही बेरमा १२÷१५ जनाको समूहमा पुगेका यमराज साफीले न्यूजब्यूरोकर्मी यादवमाथि आक्रमण प्रयास गरेका थिए । उनीहरुले धामधम्की लगाउँदै न्यूजब्यूरोको पेजमा राखिएको भिडियो डिलिट गर्न धाक लगाएका थिए । त्यसपछि सोही ठाउँमा रहेका युवाहरुले उनीहरुलाई लखेटेका थिए ।
आफूहरु विगत ३० बर्षदेखि त्यहाँ रहेको भन्दै इस्लाम चोक नाम राखेको जिकिर उनीहरुको छ । भिडियो किन डिलिट गर्ने प्रश्नमा उनीहरु आक्रमक बनेका थिए भने भानुचोकमा रहेका युवाहरुले उनीहरुलाई प्रतिकार गरेपछि त्यहाँबाट गएका थिए ।
फोन गरी कदमचोकपछि भानुचोक भेटन बोलाएका यमराज साफी घरधनी ईस्लाम साफीका छोरा रहेको बुझिएको छ । यद्यपी, यसको पुष्टि भने हुन सकेको छैनन् । उनीहरुले आफूहरु ३० वर्षदेखि त्यहाँ बसेको भनेपछि उनी नै इस्लामको छोरा भएको बुझ्न सकिन्छ ।
न्यूज ब्यूरोकर्मी यादवले ईस्लाम मार्केटमा कुनै आपत्ति नभएपनि हनुमानचोकलाई ईस्लामचोक लेख्न मिल्ने भनेपछि विवाद भएको थियो । यमराज साफी बसेको घरमा इस्लाम मार्केटको साथै चोकको नाम पनि इस्लामचोक लेखिएको छ ।
स्थानीयहरुले त्यसलाई हनुमानचोक भन्ने गरेको छ । नक्सामा पनि हनुमानचोक नै रहेको छ । सोही चोकमा हनुमानको मन्दिर रहेकोले स्थानीयहरुले हनुमानचोक भनेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…