जनकपुरमा हनुमानचोकलाई इस्लामचोक लेखेपछि...
ईस्लामका छोराहरुले उनकै नामलाई आधार बनाएर आफ्नो नीजी घरमा ईस्लाम चोक लेख्दै ईस्लाम मार्केट लेखेका छन् ।

२०७८ साउन ३० शनिबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम जस्तो धार्मिक र ऐतिहासिक नगरीस्थित रहेको हनुमानचोकलाई एक जनाले इस्लामचोक नामाकरण गरिदिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बसहिया रोडस्थित रहेको हनुमानचोकलाई मुस्लिम समुदायका एक व्यक्तिले जबरदस्ती ईस्लामचोक नामाकरण गरिदिएको देखिएको छ ।
पहिलेदेखि नै त्यहाँ हनुमान चोक रहँदै आएकोमा त्यहाँ स्थित रहेको ईस्लाम साफी (मृत्यू भएको) को घरलाई मध्यनजर गरी सोही ठाउँलाई ईस्लामचोक नामाकरण गरिदिएको देखिएको छ ।
स्थानीयहरुका अनुसार, सुरुदेखि नै यहाँ हनुमानचोक रहेको छ । त्यहाँ हनुमान मन्दिरको स्थापना समेत पहिलेदेखि नै भएको छ । स्थानीयहरुले सो चोकलाई हनुमानचोक नामाकरण गरेको छ ।
मृत्यू भएका ईस्लाम साफीको त्यहाँ रहेको ठुलो घरमा आधा दर्जनबढी सटरहरु रहेको छ । सो सटरमा पसलहरु सँचालन भएको छ । ईस्लाम साफीको घर भएकोले उनकै नाममा उनका छोराहरुले सो ठाउँलाई ईस्लाम चोक राखिदिएको बताईएको छ ।
ईस्लामका छोराहरुले उनकै नामलाई आधार बनाएर आफ्नो नीजी घरमा ईस्लाम चोक लेख्दै ईस्लाम मार्केट लेखेका छन् । यद्यपी, सोही ईस्लाम मार्केट लेखिएको घरको सटरमा भने हनुमानचोक बसहिया रोड लेखिएको देखिएको छ ।
केही दिन अघि स्थानीयहरुले ईस्लाम चोक लेखिएकोलाई निभाउन र सच्याउन भनेपछि पनि इस्लामका छोराहरुले निभाउन मानेका छैनन् । सोही चोकमा हनुमानको मन्दिर रहेको छ ।
केही महिनाअघ नै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जिरोमाईलस्थित रहेको मुस्लिम धर्मावलम्बीहरुको कब्रगाहलाई मध्यनजर गरी कबुरगाहचोक भनेर भनिएको थियो । पछि वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहले सो चोकलाई पूर्वदेखि नै लेख्दै आएको तप्सीचोकलाई मान्यता दिँदै तप्सिचोक लेखिन थालेको हो ।
जनकपुरधाममा प्रायः चोकहरु हिन्दु देवी देवताहरुको नाममा नै राखिएको छ । केही चोकहरु चर्चित व्यक्तित्वहरुको नाममा पनि राखिएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…