प्रदेश २ः सरकारी गाडीमा मेयरको भोजपुरी डान्स
मेयर पटेलले “मधेसको लाल उडावेला गुलाल” गीतमा आफैँ अभिनय दिएका छन् ।

२०७८ साउन ३० शनिबार, बिहान ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट जिल्लाको एक नगर प्रमुखले सरकारी गाडीको प्रयोग गीति एल्बममा गरेपछि आलोचना भएको छ ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख (मेयर) धर्मेन्द्र पटेलले भोजपुरी गितको एल्बम गीत बनाउन सरकारी गाडिको दुरुपयोग गरेको आरोप लगाउँदै समाजिक सँजालमा आलोचना भएको छ ।
सरकारले स्थानिय तहका जनप्रतिनिधिहरुलाइ कार्यालयको काममा प्रयोग गर्न गाडि उपलब्ध गराएकोमा मेयर पटेलले नाचगान र गित बनाउन सरकारी गाडिको प्रयोग गरेको आरोप छ।
यसरी सरकारी गाडिको दुरुपयोग गर्ने मेयर पटेल नाचगानमा मात्र नभई अरु व्यत्तिगत काममा समेत सरकारी सम्पत्तिको दुरुपयोग गर्ने गरेको देखिन्छ ।
यसरी सरकारी गाडिको दुरुपयोग भइरहदा सम्बन्धित निकाय मौन रहेको छ । मेयर पटेलले “मधेसको लाल उडावेला गुलाल” गीतमा आफैँ अभिनय दिएका छन् ।
यो गीतको गायक सुरज मिश्रा रहेको छ । प्रदेश १–०२–००१ झ ००२८ नम्बरको सरकारी गाडीको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले दुरुपयोग गरेको आरोपपछि समाजिक सँजालमा आलोचना भएको छ ।
यता, मेयर पटेलले होली मिलन समारोहमा केही भिडियो खिचिएको दाबी गरेका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर पटेलले स्थानीय स्तरमै आयोजना गरिएको होली मिलन समारोहमा सरिक मात्र भएको बताएका छन् ।
एल्बम र गीतमा सरकारी गाडी प्रयोग गरिएको बारे उनले समारोहमा मात्र सहभागीता जनाएको दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…