हप्ता दिनमा हुने बाटो मर्मतको काम निजि लगानीमा १०० घन्टामा गर्छु : साँसद कुशवाहा
निर्वतमान प्रदेश सांसद कुशवाहले स्वास्थ्य क्षेत्रमा कटहरिया नपाको काम सराहनीय रहेको धारणा राखे ।

२०७८ साउन २८ बिहीबार, राति ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । कटहरिया नपामा स्वास्थ्य चौकी तथा बर्थीङ्ग सेन्टरको उद्घाटन गरिएको छ । वडा नम्बर ३ बिर्ती प्रष्टोकामा स्वास्थ्य चौकीको एक कार्यक्रमको बिच उद्घाटन गरिएको हो ।
स्वास्थ चौकिलाई निर्वतमान प्रदेश सांसद कुन्दन कुशवाहा र नगरप्रमुख सियाराम कुशवाहाले उद्घाटन गरेका छन ।
राष्ट्रिय अपांग कल्याण संघ नेपालको आयोजना र कटहरिया नगरपालिका तथा छायाँ नेपालको सहकार्यमा स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।
करिब ४१ लाखको लागतमा भवन निर्माण गरिएको राष्ट्रिय अपांग कल्याण संघ नेपालका रौतहट अध्यक्ष राजेश साहले जानकारी दिएका छन ।
निर्वतमान प्रदेश सांसद कुशवाहले स्वास्थ्य क्षेत्रमा कटहरिया नपाको काम सराहनीय रहेको धारणा राखे ।
सान्सद कुशवाहाले स्वास्थ क्षेत्रको बिकासको लागि यो स्वास्थ चौकीले ठूलो टेवा पुर्याउने बताए ।कुशवाहाले बिर्ती प्रस्टोका बर्थीङ्ग सेन्टरको काम लगभग काम सकिएको छ, तर खाल्डाखुल्टीका कारण यहाँ ऐम्बुलेन्स र अन्य गाडी आवत (जावतमा कष्ट भइरहको कुरा सुन्दा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।
निबर्तमान सान्सद कुशवाहाले निजी लगानीमा सय घन्टा भित्र माटोपुरी एम्बुलेन्स आउने (जाने सुबिधा सहितको फिल्ड बनाउन प्रतिबद्धता समेत जनाए ।
सान्सद कुशवाहाले ब्यक्तीगत लगानीमा एम्बुलेन्स आउने (जाने ब्यबस्था गर्ने प्रतिबद्धता जनाएपछि कार्यक्रममा सहभागी स्थानीय हर्सित हुँदै ताली बजाएका थिए।
कार्यक्रम लाई सम्बोधन गर्दै मेयर कुशवाहले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताएका छन । कार्यक्रममा छाया नेपाल द्वारा करिब साढे तीनलाखको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियोे ।
छाया नेपालका कार्यकारी निर्देशक कमल थापा,प्रोजेक्ट प्रबन्धक राम महर्जन , स्थानिय जनप्रतिनिधी , समाजसेवी हरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…