न्यूज ब्यूरो, रौतहट । सुरक्षित अप्रावासन परियोजना (सामी) अन्तर्गत प्रहरी संग अभिमुखिकरण कार्यक्रम र अन्तराष्ट्रिय युवा दिवस कार्यक्रम रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटको सभाहलमा को अवशरमा माण्डवी नामक संस्थाले जिल्ला प्रहरी कार्यालय रौतहटको सहकार्यमा अन्तर्राष्ट्रिय युवा दिवस र मान्डबी कै सहयोगमा सुरक्षित अप्रावासन परियोजना ९सामी ०अन्तर्गत प्रहरी संग अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल सरकार र स्विस सरकार बिचको सम्झौता अनुसार रौतहटको स्थानीय निकायहरु गौर ,चन्द्रपुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको नेतृत्वमा माण्डवीले हेलबिटासको आर्थिक सहयोगमा सो परियोजना सञ्चालन गर्दै आएको छ ।
परियोजना सँचालनमा जिल्ला प्रसासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटले समन्वय र सहकार्य गर्दै आएका छन् ।
स्वदेशमा नै रोजगारी गरौ बैदेशिक रोजगारीमा जाने भए सहि सुचना लिएर र सीप सिकेर मात्रै जाऔ “भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको माण्डवी संस्थाकी अध्यक्ष अन्जु झाले बताइन ।
रौतहटमा सन्चालित यो परियोजनामा सहयोगि भुमिका खेल्दै आएकोले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सन्चारकर्मी र स्थानीय युवक युवती र सरोकारवालाहरु सँग अभीमुखीकरण तथा युवा दिवस कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एव प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादबले स्वदेश मै सीप सिकेर केही गर्न सके मुलुक कै अर्थतन्त्रमा टेवा पुग्ने बताए ।
प्र.जि.अ. यादबले बिदेश जानै मन गरे सीप सिकेर , बैदेशिक रोजगारमा पठाउन जिम्मा लिने कम्पनीको बारे सुझबुझ गरेर मात्रै बिदेश जाने तयारी गर्न सुझाव दिए।
वैदेशिक रोजगारको लोभ दिएर विदेशमा बिचलित परेका नेपालीहरुलाई माण्डवीले सञ्चालन गर्दै आएको सामी परियोजना निकै प्रभावकारी रहेको जिल्ला प्रहरीका उपरिक्षक सिद्वि बिक्रम शाहले बताए ।
अन्तरास्ट्रिय युवा दिवसको अवसरमा प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले लागू औसध सेवन र यसबाट शरीर ,घरपरिवार र समाजमा पर्ने असर बारे स्थानीय युवाहरु सङ्ग अन्तरक्रीया गरका थिए।
नायब उपरिक्षक चिमरियाले महिला हिंसा र न्यूनीकरण बारे प्रकाश पार्दै महिला हिंसा रोक्न सबै सरोकारवाला गम्भीर हुनु पर्ने बताएका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक सिद्वि बिक्रम शाह, सशस्त्र प्रहरी बलका उपरिक्षक सुर्य सेन ओली, जिल्ला प्रमुख अधिकारी इन्द्रदेव अधिकारी लगायतको उपस्थीति रहेको थियो ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…