पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
न्यूज ब्यूरो || उर्लाबारी, मोरङ, १ चैत | मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षीय रमेश लिम्बूको मृत्यु भएको हो । पिकअपको

२०७४ चैत १ बिहीबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
उर्लाबारी, मोरङ, १ चैत | मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षीय रमेश लिम्बूको मृत्यु भएको हो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि स्थानीय पथरी हस्पिटल पु¥याउने बित्तिकै मृत्यु भएको थियो ।
ठक्कर दिने पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…