वृद्धभत्ता सहित अन्य समाजिक सुरक्षा भत्ताको लाडि कार्ड नविकरण गराउन सूचना
यसअघि प्रत्येक चार महिनामा अर्थात चौमासिक रुपमा समाजिक सुरक्षा भत्ता दिँदै आएकोमा अब त्रैमासिक रुपमा भत्ता उपलब्ध गराउने

२०७८ साउन २६ मंगलबार, बिहान ४:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न स्थानीय तहका समाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुलाई कार्ड नविकरण गराउनको लागि सूचना गरिएको छ ।
धनुषा सहित देशैभरिका स्थानीय तहका वृद्धवृद्धा, बालबालिका, अपाँग, एकल महिला, दलितहरुले पाउने समाजिक सुरक्षा भत्ताको लागि चालु आर्थिक वर्षमा परिचयपत्र नविकरणको लागि अनुरोध गरिएको हो ।
समाजिक सुरक्षा नियमावली २०७६ को नियम ९ मा समाजिक सुरक्षा तथा परिचय पत्र नविकरण गर्नुपर्ने व्यवस्था तथा नेपाल सरकार, गृहमन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पँजीकरण विभागको पत्रानुसार समाजिक सुरक्षा पाउने नागरिकलाई अनिवार्य रुपमा कार्ड नविकरण गराउन सूचना गरिएको हो ।
विभागको चलानी नम्बर ६१ को गत मिति साउन ०३ गतेको पत्रानुसार आर्थिक वर्ष २०७८/०७९ देखि समाजिक सुरक्षा भत्ता त्रैमासिक निकासा हुने भएकोले सम्बन्धित स्थानीय तह (नगरपालिका, गाउँपालिका) को सबै वडाका नागरिकलाई सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर कार्ड नविकरणको लागि अनुरोध गरिएको हो ।
धनुषा जिल्लाको सबै स्थानीय तह सहित अन्य विभिन्न जिल्लाका स्थानीय तहलाई विभागले पत्राचार गरी लाभग्राहीरुहरुले सम्बन्धित वडा कार्यालयहरुमा नै उपस्थित भई यही साउन महिनादेखि भदौ महिनाभित्र अनिवार्य रुपमा समाजिक सुरक्षा परिचयपत्र नविकरण गराउन पत्राचार गरिएको हो ।
समाजिक सुरक्षा परिचय पत्र नविकरण गराउनको लागि नेपाली नागरिकताको प्रमाणपत्र तथा बालबालिकाको हकमा जन्मदर्ता, विद्युवा महिलाको हकमा मृत्यूदर्ता प्रमाणपत्र र अर्को विवाह नगरेको प्रमाणपत्र, सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको ६० वर्ष उमेर पुगेका महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता अर्को विवाह नगरेको प्रमाणपत्र, एकल महिलाको हकमा विवाह नगरेको सिफारिस, न्यायिक पृथिकरण गरी बसेको महिलाको हकमा सो को प्रमाणपत्र, अपाँगता भएका व्यक्तिहरुको हकमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट जारी भएको प्रमाणपत्रका साथै एमआईएस प्रणालीमा प्रविष्ट गर्ने प्रयोजनको लागि लाभग्राहीको दुई प्रति फोटो समेत लिएर जान अनुरोध गरिएको छ ।
यसअघि प्रत्येक चार महिनामा अर्थात चौमासिक रुपमा समाजिक सुरक्षा भत्ता दिँदै आएकोमा अब त्रैमासिक रुपमा भत्ता उपलब्ध गराउने भएको छ ।
धनुषाको कमला नगरपालिकाको स.सु. भत्ताको तालिका निम्न अनुसार रहेको छ ।
कमला नगरपालिका वडा नम्बर ९ को साउन २१, २२ र २४ गते, वडा नम्बर ८ को २५, २६ र २७ गते, वडा नम्बर ७ को २८,२९ र भदौ १ गते समाजिक सुरक्षा वितरण गरिने सूचना जारी गरिएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढानद्धारा जारी सूचनामा वडा नं. ६ को समाजिक सुरक्षा भत्ता भदौ २, ३ र ४ गते वितरण गरिनेछ ।
यस्तै, वडा नम्बर ५ का भदौ ६,७ र ८ गते वितरण गरिने जनाइएको छ । वडा नं. ४ को भदौ ९,१० र ११ गते, वडा नं. ३ को १३,१४ र १५ गते, वडा नम्बर २ को भदौ १६,१७ र १८ गते तथा वडा नम्बर १ को भदौ २०, २१ र २२ गते गरी वितरण गरिदिन बैँकलाई पत्राचार गरेको हो ।
वृद्धवृद्धाहरुमा सूचनाको प्रवाह नभई तोकिएको मिति भन्दा अघि नै सघारास्थित रहेको एनआईसी बैँकमा गएर भीड गर्नुका साथै भत्ता नपाएर घर फर्किनुपर्ने अवस्था सृजना भएको छ । नगरपालिकाले तोकिएको मितिमा मात्र बैँकमा जान अनुरोध गरेको हो ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…