कटारी-मिर्चैया-चोहर्वा सडकखण्डमा ट्रिपरबाट दुर्घटना हुने सम्भावना बढ्यो
बिनय यादव, सिरहा, २९ फागुन । उदयपुरको कटारीदेखि सिरहाको मिर्चैया-चोहर्वा सडकखण्डमा पछिल्लो समय ट्रिपरबाट सडक दुर्घटना हुनसक्ने सम्भावना बढेको छ । बढी भत्ता पाउने चक्करमा पछिल्लो समय ट्रिपर चालकहरुले अत्यधिक गतिमा गाडी कुदाउँदा सडक दुर्घटनाको सम्भावना बढ्दै गएको हो । अत्यधिक गतिका कारण सडक दुर्घटनाको

२०७४ फागुन २९ मंगलबार, दिउँसो ४:१८ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २९ फागुन । उदयपुरको कटारीदेखि सिरहाको मिर्चैया-चोहर्वा सडकखण्डमा पछिल्लो समय ट्रिपरबाट सडक दुर्घटना हुनसक्ने सम्भावना बढेको छ ।
बढी भत्ता पाउने चक्करमा पछिल्लो समय ट्रिपर चालकहरुले अत्यधिक गतिमा गाडी कुदाउँदा सडक दुर्घटनाको सम्भावना बढ्दै गएको हो । अत्यधिक गतिका कारण सडक दुर्घटनाको सम्भावना बढेसंगै सर्वसाधारण एवं अन्य सवारीसाधनलाई समेत आवतजावतमा असहज भएको जनगुनासो बढेको छ ।
ट्रिपर चालकहरुलाई मालिकले समयानुसारको मासिक तलब नदिने र टिपपिच्छे प्रति टिप भत्ता दिने गर्छन् । जस अनुसार दिनमा जति ट्रिपर ओसारे त्यति नै फाइदा हुने मनसायले ट्रिपर चालकले अत्यधिक गतिमा गाडी कुदाउने गरेका छन् । जसका कारण द्रुत गतिमा ती ट्रिपरचालकहरुले हुइकाउने ट्रिपरले सडक दुर्घटना हुने सम्भावना बढाएको छ ।
द्रुत गतिमा ट्रिपर कुदाउँदा सडक दुर्घटना भएर मानवीय क्षति बढेपछि दुर्घटना नियन्त्रण गर्न अन्य-अन्य ठाउँका ट्राफिक प्रहरीले टाईम कार्ड लागू गरिरहेपनि यस क्षेत्रका ट्राफिक प्रहरीले भने हालसम्म कुनै ठोस कदम चाल्न सकेका छैनन् ।
बाटोमा हिड्ने बटुवा, साईकल चालक, मोटरसाईकल चालक लगायत साना सवारीसाधनलाई गन्तव्यमा पुग्न समेत समस्या भएको छ । अन्य ठाउँमा टाईम कार्डको लागु भएसंगै सडक यात्रा सहज भएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…