सशस्त्र प्रहरी जवान मृत फेला
सोही कार्यालयको परिसरभित्र उत्तरपट्टिको कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जनाइएको छ ।

२०७८ साउन २१ बिहीबार, बेलुकी ५:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २१ साउन । विहिबार सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला परेको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको शस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीमा कार्यरत जिल्ला डडेलधुरा भागेश्वर गाउँपालिका वडा नम्बर १ बस्ने ३१ वर्षिय सशस्त्र प्रहरी जवान हरिस कुमार शाही मृत फेला परेका हुन् ।
सोही कार्यालयको परिसरभित्र उत्तरपट्टिको कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जनाइएको छ ।
घटनाको मुचुल्का तयार पारी शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पातल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…