मेयरको छोरा चलाउँछन् नगरपालिका, भ्रष्टाचार गरेको भन्दै प्रदर्शन
वडा अध्यक्षले मेयर भन्दा पहिला कागज पत्र हेर्ने गरेको र भने पछि भुक्तानी गरिने गरेको

२०७८ साउन २१ बिहीबार, बिहान ७:२८ बजे२ मिनेट पढाइ
रौतहट, २१ साउन । रौतहट जिल्लाको गरुडा नगरपालिकामा विगत केहि दिन देखि आन्दोलन गर्दै आएका सर्वदलीय संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा विगत केहि दिन देखि आन्दोलन गर्दै आएका सर्वदलीय संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् ।
एमाले नेता कलिमुल्लाह ,जसपा नेता कन्थमनि जयसवाल र काङ्ग्रेस नेता सुनिल यादबको नेतृत्वमा विभिन्न माग सहित केही दिन देखी आन्दोलनरत समितिको बाक्लो उपस्थितिले बुधबार प्रदर्शन गरेका हुन।
२०७३ सालका तत्कालीन प्रमुख जयनरायाण श्रीवास्तवको पालामा साविक गरुडा ९ हाल गरुडा ४ गरुडा बजारमानगरपालिका धवन निर्माण गर्नकाने लागि गरिएको जिल्ला रौतहट साविक गरुडा गाबिस गरुडा वडा नं. ९ किता नं. १३६ र सो सँगै जोडिएको जग्गा क्षेत्रफल ०१–७–० मा माटोको जाँच भई सकेको हुदाँ सोही स्थानमा नगरपालिका भवन निर्माण गर्नुपर्ने ,नगरपालिकाबाट आर्थिक बर्ष २०७७÷७८ सालमा सम्पु्र्ण कामकाजको खर्च विवरणहरु सार्वजनिक गर्नुपर्ने ,गरुडा नगरपालिका वडा नं. २ गेडीगुठीका अध्यक्ष विसुन देव सहनी तथा वडा नं. ७ का वडाध्यक्ष राम ईश्वर रायको मृत्यू भएकोमा वडा नं. २ र ७ को वडा समिती निर्णय अनुसार वडा नं. २ का कार्यवाहक वडाध्यक्ष शैलेन्द्र राय यादव र वडा नं. ७को कार्यवाहक अध्यक्ष राम सुन्दर प्रसादको नाम सिफारिश भई आएकोमा सोही बमोजिम कार्यन्वयन गर्नुपर्ने माग सहित प्रदर्शन गरेका हुन।
चिनी मेलबाट प्रदर्शन शुरु गरेका प्रदर्शनकारीहरु विभिन्न चर्का नाराबाजी गर्दै नगरपरिक्रमा गर्दै कोन सभामा परिनत भएको थियो।
नगरपालिकाका अगाडी आयोजना गरिएको कोण सभामा सम्वोधन गर्दै जसपाका नेता कन्थमणि जैसवालले गरुडा नगरपालिकामा भ्रस्टाचार , अनियमितता चरम सिमामा पुगेको बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…