सशस्त्र प्रहरी जवान मृत भेटिए
शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

२०७८ साउन २० बुधबार, राति ८:४० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, २० साउन । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान आज कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन् ।
डडेल्धुरा भागेश्वर–१ का ३१ वर्षीय हरिशकुमार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…