मेयर चौधरीमाथि घरमै पसेर गोली र खुकुरी प्रहार
न्यूज ब्यूरो || कैलाली, फागुन २८ । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ । सोमबार (आज) राति ८ः३० बजे मोटरसाइकलमा आएको नचिनेको समूह निवासमै उनलाई गोली प्रहार गरेको कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो । १० र १२ जनाका संख्यामा आएको नचिनेको समूहले

२०७४ फागुन २८ सोमबार, राति ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
कैलाली, फागुन २८ । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको छ ।
सोमबार (आज) राति ८ः३० बजे मोटरसाइकलमा आएको नचिनेको समूह निवासमै उनलाई गोली प्रहार गरेको कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।
१० र १२ जनाका संख्यामा आएको नचिनेको समूहले चौधरीको घरमै आएर गोली र खुकुरी प्रहार गरेको प्रहरी प्रमुख घिमिरेले जनाए । चौधरीको टाउकोमा खुकुरी प्रहार र खुट्टामा गोलीको छर्रा लागेको छ ।
उपचारका लागि घोडाघोडी अस्पतालमा पु्र्याइएका उनलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
मेयर चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चौधरीलाई घोडाघोडीमा केही दिन पहिले भएको बोक्सी काण्डमा दोषीको बचाउ गरेको आरोप छ ।
उज्यालो अनलाईनबाट साभार
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…