धनुषाः पोखरीमा एक किशोरको लास, मृत्यू शँकास्पद
स्थानीयका अनुसार, उनले पानी समेत नखाएको देखिएकोले उनको मृत्यू शँकास्पद रहेको छ ।

२०७८ साउन २० बुधबार, दिउँसो २:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २० साउन । प्रदेश नम्बर २ को धनुषाजिल्लास्थित पोखरीमा एक किशोरको लास मृत अवस्थामा भेटिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुरस्थित बुधबार दिउँसो करिब १२ बजेको समयमा नजिकै रहेको सार्वजनिक पोखरीमा मृत अवस्थामा किशोरको लास भेटाएको हो ।
स्थानीय शुभालाल मजिहारको छोरा अन्दाजी बर्ष १५ को अमन मजिहार पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । स्थानीयका अनुसार राँगा नुहाउन गएको बेला डुबेको हुन सक्ने अनुमान गरिएको हो ।
उनको घरदेखि करिब ३०० मिटरको दुरीमा रहेको महराजी पोखरीमा दिउँसो पानीमा तैरिरहेको अवस्थामा अमन मृत भेटिएका हुन् । स्थानीयका अनुसार, उनले पानी समेत नखाएको देखिएकोले उनको मृत्यू शँकास्पद रहेको छ ।
स्थानीयहरुले उनलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि उनको परिवारजनलाई खवर गरेको थियो । केही बेरमा प्रहरीलाई खवर गरिएको र प्रहरी अहिले घटनास्थलमा पुगेर मुचुल्का उठाइरहेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…