भारी मात्रामा लागु औषध सहित एक जना पक्राउ
पक्राउ परेका सिंह र उनी सवार मोटरसाइकल लाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको तथा फरार यादवको खोजतलास समेत भईरहेको लहान प्रहरी प्रमुख डिएसपी डा. दाहालले बताएका छ्न ।

२०७८ साउन १८ सोमबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले भारी मात्रामा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
आइतबार राती नै करिब १० बजेको समयमा ईलाका प्रहरी कार्यालय लहान सिरहा र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको सँयुक्त टोलीले भारी मात्रामा लागुऔषध सहित सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २६ को प्रभु नारायण सिँह पक्राउ परेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहानस्थित रहेको ट्राफिक कार्यालयको अगाडि सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको को. २६ प. १८९ नम्बरको मोटरसाईकललाई चेक गर्दा दुई जना सवार मोटरसाईकल छाडेर भागेका थिए ।
सिँहसँगै सोही स्थान बस्ने विजय यादव भाग्न सफल भएको बताइएको छ । अनुसन्धानको क्रममा सिँहले पछाडी बस्ने विजय यादव भागेको बयान दिएका छन् ।

मोटरसाईकल छाडेर भाग्दै गर्दा प्रहरीले उनीहरुलाई पछयाएको थियो । केही दुरीमा गएर सिँहलाई पक्राउ गरेको प्रहरीले पछाडी बोकेको कालो झोला खानतलासी गर्दा झोला भित्र नाईट्राभेट १० लेखिएको १५८ पत्तामा ४,७४० वटा ट्याबलेट, डाईजेपाम लेखिएको १९४ एम्पुल, फेनारगन लेखिएको १९४ एम्पुल, नाम लेवल नभएको १९४ एम्पुल, डाईलेक्स डि.सी (१००) लेखिएको ७ बोतल सहित ५ हजार रुपैयाँ नगद समेत बरामद भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
यसका साथै, सोही झोलाबाट सिम नं. ९८२७७५८४९५ प्रयोग भएको OPPO कम्पनिको मोबाईल थान -१, NOOPHIN लेखिएको सानो एस्टिकर १४४ वटा लगायतका समानहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिंह र उनी सवार मोटरसाइकल लाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको तथा फरार यादवको खोजतलास समेत भईरहेको लहान प्रहरी प्रमुख डिएसपी डा. दाहालले बताएका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…