नेपाल स्काउटको तालिम रोक्न प्रशासनसँग गुहार
आजकल “दादगिरी, दमन सुरू भयो” भन्नुको कारण बल्ल बुझियो।”– पत्रमा उल्लेख छ ।

२०७८ साउन १८ सोमबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ

काठमान्डौं, १८ साउन । कोरोना महामारीको बेला हजारौँको सँख्यामा मानिसहरु बोलाएर स्काउटको नामम तालिम दिन लागेको भन्दै रोक्न माग गरिएको छ ।
नेपाल स्काउटमा हतारिएर ५ हजार बढी केपी ओलीका कार्यकर्तालाइ पर्सिदेखि नुवाकोट ककनीको तालीम केन्द्रमा भेला गर्न गोप्य ढङ्गले म्यासेज पठाएर तालिमको नाममा बहाना बनाएको भन्दै सो तालिम रोक्न माग गरिएको हो ।
देशमा कोरोना तीव्र रुपमा फैलिदै गएको बेला यसरी स्काउट जस्तो प्रतिष्ठत समाजिक सँस्थाले भित्रभित्रै चुनाव गराएर माइन्युट गरिराख्ने तयारी रहेको आरोप समेत लगाउँदै रोक्नको लागि नेपाल स्काउटको राष्ट्रिय प्रशिक्षक राजीव खत्रीले पत्राचार गरेका छन् ।

“कोरोना कहरका बेलामा हजारौँ मानिस जम्मा गर्ने यस्ता सबैखाले गतिविधि हाललाई तत्काल रोक्न निर्देशन भएको रहेछ। जसलाई पायो स्काउट भन्दै स्काउट जस्तो अनुशासित काडर बेस्ट संस्थालाई उनको भातृ संगठन बनाएर ध्वस्त पार्ने दाउ रहेछ। आजकल “दादगिरी, दमन सुरू भयो” भन्नुको कारण बल्ल बुझियो।”– पत्रमा उल्लेख छ ।
राज्यको सम्पतिको दुरुपयोग गर्दै कोरोना महामारीमा सयौँको सँख्यामा मानिसहरुलाई भेला गरी थप सँक्रमण नफैलियोस भन्ने उदेश्यले पनि स्थानीय प्रशासनलाई तालिम रोक्न माग स्काउट लिडर श्रीवत्स बस्न्यात र प्रशिक्षक राजीव खत्रीले गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…