वडाध्यक्षले कार्यालय सहयोगी (पियन) लाई कुटे
दासलाई “मेयर तिम्रो बाउ हो ? तिमीले मेरो काम गरेन ? तिमीलाई डर लाग्छ की लाग्दैन ?” भनेर थर्काए ।

२०७८ साउन १६ शनिबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा जिल्लास्थित एक वडाध्यक्षले आफ्नै कार्यालयका कार्यालय सहयोगी (पियन) लाई कुटपिट गरेको तथ्य बाहिर आएको छ ।
धनुषा जिल्लास्थित विदेह नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बिनोद गोहितमानले आफ्नै वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी (पियन) सेवन दासलाई कुटपिट सहित गालीगलौज गरेको हो ।
गत साउन ११ गते सोमबार वडाध्यक्ष गोहितमानले एक कागज लिएर दर्ता चलानी गर्न भनेका थिए । तर, त्यस कागजातमा अधिकृत वा मेयरको हस्ताक्षर नभएको कारण अधिकारिक नहुने भन्दै दर्ता चलानी गर्न नमानेको दासले बताए ।
उनका अनुसार, कागजात दर्ता चलानी नगरेपछि वडाध्यक्ष गोहितमानले आफुखुसी जबरदस्ती गर्न खोजको थिए । त्यसपछि सो कुरालाई मुद्दा बनाएर वडाध्यक्ष गोहितमानले उनलाई कुटपिट गरेको आरोप छ ।
सोही दिन कार्यालयको समय समाप्त भएपछि रातीको खाना खान गएका दासलाई एक जना मार्फत बोलाउन लगाएको बताइएको छ । “वडाध्यक्ष ज्यूले बोलाउनु भएको छ तपाईलाई” भन्दै त्यो व्यक्ति त्यहाँबाट गएको थियो ।
वडाध्यक्ष बोलाएको भन्दै वडाध्यक्ष गोहितमान कहाँ गएका दासलाई उनले अभद्र गाली गलौज गर्न थालेको आरोप छ । दासलाई “मेयर तिम्रो बाउ हो ? तिमीले मेरो काम गरेन ? तिमीलाई डर लाग्छ की लाग्दैन ?” भनेर थर्काए ।
त्यसपछि दासले आफ्नो जिम्मेवारी अनुसारको मात्र काम गरेको बताएपछि धमाधम कुटपिट गर्न थालेको आरोप लगाइएको छ । वडाध्यकै कार्यकक्षमा बसेका एक जनाले बत्ती निभाएका थिए भने वडाध्यक्ष गोहितमानले धमाधम कुटटिप गर्न गरेको आरोप छ ।
यता, वडाध्यक्ष गोहितमानले आफूमाथि गलत आरोप लगाएको बताएका छन् । उनले दाससँग केही भनाभन मात्र भएको बताउँदै कुटपिट नगरेको बताएका छन् ।
वडाध्यक्ष गोहितमानले कुटपिट गरेको भन्दै दासको तर्फबाट उनका आफन्तजनहरुले वडा कार्यालय घेराउन गर्न ठाढी झिभासम्म पुगेका थिए । दर्जनौँको सँख्यामा स्थानीयहरु गएर वडा कार्यालय घेराउ गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…