जनकपुरः थुनुवा कक्षको ट्वाइलेटमै झुण्डिएको भेटिए महरा
सो रकम बुझाउन नसकेपछि उनलाई अदालतले जेल चलान गर्ने आदेश दिएको एसपी रानाभाटले बताए ।

२०७८ साउन १५ शुक्रबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १५ साउन । जनकपुरधामस्थित रहेको जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षको शौचालय (ट्वाइलेट) मा एक युवक झुण्डिएको अवस्थामा भेटिएको छ ।
शुक्रबार (आज) बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको लागि बनाइएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४० को पल्टु रविदास महरा उनले लगाएको गन्जीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले जानकारी दिए ।
आफ्नै दियादी (भाईभरदार) सँगको झगडामा सोही स्थान बस्ने बिल्टु रविदासलाई कुटपिट गरी अँगभँग गरेको मुद्दामा अदालतले धरौटी तोकेपछि उनलाई रकम अपुग भएको रानाभाटले न्यूज ब्यूरोसँग भने ।
जिल्ला अदालत धनुषाले उनलाई अँगभँग मुद्दामा २ लाख रुपैयाँ धरौटी तोकेपछि उनले बुझाउन असमक्ष भएका थिए । सो रकम बुझाउन नसकेपछि उनलाई अदालतले जेल चलान गर्ने आदेश दिएको एसपी रानाभाटले बताए ।
सोही कारणले उनी झुण्डिएको हुन सक्ने अनुमान गरिएको छ । यता, एसपी रानाभाटले अहिले मानवअधिकारकर्मीहरुको रोहबरमा घटनाको मुचुल्का उठाउन सुरु गरेको हो ।
यस घटनाको सन्दर्भमा थप जानकारी आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…