डायन भन्दै महिला स्वयँसेविकालाई निर्घात कुटपिट, मलमुत्र खुवाउने प्रयास
मलमुत्र खुवाउनुपर्ने भन्दै कुटपिट गरे पनि स्थानिय केही नेताहरु घटना दवाउने प्रयासमा लागेको

२०७८ साउन १४ बिहीबार, बेलुकी ६:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, १४ साउन । जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा बोक्सी आरोपमा एक महिला स्वास्थ्य स्वयमसेविकालाई निर्घात कुटपिट गरि मलमुत्र खुवाउने प्रयास गरिएको घटना सार्वजानिक भएको छ ।
गत साउन १ गते राति ९ बजेतर्फ ३५ वर्षीया महिला स्वास्थ्य स्वयमसेविका शिला देवी महरालाई बोक्सी आरोप लगाउँदै छिमेकी ४८ वर्षीय मंगल महरा, ४५ वर्षीय सुमिन्त्रा देवी महरा, २७ वर्षीय संजित महरा, २० वर्षीय रविन महरा र २६ वर्षीया देवकी देवी महराले निर्घात रुपमा कुटपिट गर्दै मलमुल खुवाउने प्रयास गरेको पिडित महिलाले बताएकी छिन् ।
घरमा गाइ, गोरु विरामी भएको, छोरा, नाती नातिना विरामी हुँदा समेत बोक्सी नै लगाएको भन्दै आफुलाई साउन १ गते राति निर्घात रुपमा कुटपिट गर्दै मलमुत्र खुवाउने प्रयास गरेको पिडित शिला देवी महराले बताइन् ।
घटना स्थलबाट मुजेलिया प्रहरी चौकीले पिडितलाई उद्धार गरि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको भएपनि आरोपितहरु राजनितिक संरक्षण पाएर आफुले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी दर्ता नगरेको पिडितका पति सन्तोष महराले बताए ।
आफुहरुलाई घटना प्रहरीमा दर्ता नगराई मिलापत्र गराउन दैनिक दवाव दिर्दै आएको सन्तोषले बताए । जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी दर्ता गरेपछि साउन १३ गते इन्सेक, ओरेक नेपाल र महिला अधिकार रक्षक संजालको संयुक्त प्रयासमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत उजुरी दर्ता गरिएको हो ।
यसअघि २० वर्षअघि आरोपितहरुकै घरपरिवारले सन्तोष महराकी आमा फुलझरिया देवी महरालाई समेत बोक्सी आरोप लगाउँदै कुटपिट गरि मलमुल खुवाएको पिडित शिला देवी महराले बताइन् ।
पटक पटक आफुहरुलाई बोक्सी रहेको आरोप लगाउँदै कुटपिट गरि मलमुल खुवाएको र मलमुत्र खुवाउने अहिले समेत प्रयास गरेकाले आफुहरुलाई न्याय चाहिएको बताइन् । हामीलाई टोलमा बोक्सीको परिवारको छोरा, बुहारी भनेर बोलाउँदा आफुहरुलाई आत्मगलानी हुने गरेको सन्तोष महराले बताए ।
आफु विरामीलाई लिएर दरभंगा गएको बेलामा श्रीमती घरमा एक्लै भएको वेलामा आरोपितहरुले निर्घात रुपमा कुटपिट गर्दै मलमुत्र खुवाउने प्रयास गरे, सडकमा पछारेर तिम्रो सासु समेत बोक्सी छिन् र अव तिमी पनि बोक्सी सिकेकाले यसलाई मलमुत्र खुवाउनुपर्ने भन्दै कुटपिट गरे पनि स्थानिय केही नेताहरु घटना दवाउने प्रयासमा लागेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…