जनकपुरमा यसरी ओर्लियो भ्याक्सीनको लागि भीड, गेट तोडेर भित्र पसे सर्वसाधारण
सर्वसाधारणहरुको भीड हेरेर जनस्वास्थयका कर्मचारीहरुले भने विज्ञापन नै नगरेपनि यतिको भीड आएको भन्दै विज्ञापन गरेको भए भ्याक्सीनेशन गर्न असम्भव हुने पनि सुनाए ।

२०७८ साउन १३ बुधबार, दिउँसो १:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले घोषणा गरेको कोरोना विरुद्धको भ्याक्सीन (खोप) को लागि आम सर्वसाधारणहरुको मोटो भीड लागेको छ ।
जनकपुरधामस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा लगाउने भनिएको कोरोना विरुद्धको भ्याक्सीनको लागि जिल्लाभरिबाट सयौँको सँख्यामा भीड जम्मा भएपछि प्रहरी परिचालन गर्नुपरेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा भ्याक्सीन दिरहेको खवर पाएलगत्तै जनकपुर पुगेका सर्वसाधारणहरुको सयौंको भीडले भ्याक्सीनेशन कार्यक्रम पनि प्रभावित भएको हो ।
विदेश जानको लागि सरकारले भ्याक्सिन अनिवार्य गरेपछि जिल्लाको विभिन्न ठाउँबाट आएको सयौंको सँख्याको युवाहरुले गेट तोडेर भित्र पसेका छन् । सुरक्षाकर्मीले सम्हाल्न खोजेपनि सम्हाल्न गाह्रो भएको हो ।
सर्वसाधारणहरुको भीड हेरेर जनस्वास्थयका कर्मचारीहरुले भने विज्ञापन नै नगरेपनि यतिको भीड आएको भन्दै विज्ञापन गरेको भए भ्याक्सीनेशन गर्न असम्भव हुने पनि सुनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…