मधेशमा नवविवाहित महिलाहरुको मधुश्रावणी पर्व सुरु
पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको बताइन्छ ।

२०७८ साउन १३ बुधबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १३ साउन । तराई–मधेशमा नवविवाहित मधेशीम महिलाहरुले आज मधुश्रावणी पर्व शुरु गर्दैछन् । नवविवाहिता महिलाहरुले १३ दिनसम्म मनाउने यो पर्व मनाउन अहिले माइत पुगेका छन् ।
साउन कृष्ण पञ्चमीका दिन शुरु भई साउन शुक्ल तृतीयाका दिन सम्पन्न गरिने यस पर्व महिलाहरुका लागि हासपरिहास र मनोरञ्जनको माध्यम पनि बन्दै आएको छ ।
मधेशका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा जोडिँदा छन् । यो पर्व बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) विधिले सबैको ध्यान खिच्ने बनेको छ ।
शिव, पार्वती (गौरी) र ‘विषहरा’ (नागदेवता) को आराधना गरिने यस पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान शङ्कर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ ।
वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयुर पनि यसै मौसममा प्रणय सम्बन्धमा लीन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावनात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मधेश संस्कृतिका जानकार बताउँछन् ।
पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको बताइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…