मृत्यूको हल्ला फैलाइएका विजय शाही आफ्नै घरमा भेटिए
‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ । उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् ।

२०७८ साउन १२ मंगलबार, राति ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १२ साउन । विलक्षण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यू भएको भनेर सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।
कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले विजय शाहीको मृत्यूको हल्ला झुटो भएको बताए ।
सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेको उनले जानकारी दिए ।
‘मैले विजय शाहीको गाउँमा प्रहरीलाई बुझ्न पठाएको थिएँ । उनीहरुले शाहीलाई घरमै भेटेको बताएका छन् । मृत्यूको हल्ला झूटो रहेछ,’ डिएसपी शाहले भने ।
विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए ।
त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिन भ्याए । तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट हटाइसकेका छन् । विजय शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ । नेपालप्रेसको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…