जनमत पार्टीका बलियो पिलर राष्ट्रिय उपाध्यक्ष 'ई. बसन्त कुशवाहा'

२०७८ श्रावण ११ सोमबार
बिहान ०७:५१ बजे
न्यूज ब्यूरो, डेस्क

डा. सिके राउत नेतृत्वको राजनीतिक पार्टी जनमत पार्टीका राष्ट्रिय अध्यक्ष बसन्त कुशवाहालाई पार्टीमा बलियो पिलरको रुपमा मानिन्छ । पार्टीलाई भिजनरी बनाउनको लागि ई. कुशवाहाको योग्दान अविस्मरणीय रहनेछ । 

पेशाले इलेक्ट्रिकल इन्जिनियर तथा प्रोजेक्ट म्यानेजमेन्टमा एमबीए गरेका ई. बसन्त कुशवाहा प्रदेश २ अन्तर्गत रौतहट जिल्लाको बौधिमाई नगरपालिका, बंकुलका स्थायी बासिन्दा हुन्। एसएलसीमा रौतहट जिल्ला टॉप गरेका उनी डिप्लोमा र स्नातक तहको पढ़ाई पुलचौक इन्जिनियरिंग क्याम्पसबाट गरेका हुन्। 

आफ्नो कौशलता तथा तकनीकी दक्षताका कारण उनी मध्यपूर्वमा सन् २०१६ मा ‘इन्जिनियर अफ द इयर’ र सोही बर्ष मध्यपूर्व र अफ्रिकामा ‘इन्जिनियरिंग एक्सेलेन्स अवार्ड’बाट पनि सम्मानित भएका हुन्।

यसका साथै सन् २०१९ मा मध्यपूर्वमै उनी ‘सस्टेनबल टुरिज्म अवार्ड’ बाट पनि सम्मानित भए। यी अवार्डहरु मध्यपूर्व र अफ्रिकाका देशहरुमा काम गर्ने लाखौं इन्जिनियरहरु मध्ये एक बर्षमा एक जना सर्वोत्कृष्ट इन्जिनियरले प्राप्त गर्दछन्। 

ई। कुशवाहा विश्वमा लक्जरी र उच्च स्टैंडर्डले चिरपरिचित पाँचतारे होटेलहरु हयात्त, स्टारवुड, केम्पिंस्की र ब्लेजॉनमा इन्जिनियरिंग डाइरेक्टर तथा प्रोजेक्ट डाइरेक्टरका रूपमा काम गरिसकेका छन्। 

केम्पिंस्कीमा काम गरेको बखत उनीलाई ३२ वटा पाँचतारे होटेलका चीफ इन्जिनियरहरुले रिपोर्टिंग गर्दथे। यसका साथै उनी मध्यपूर्व, अफ्रिका, युरोप, अमेरिकाका साथै ५० भन्दा बढ़ी देशहरुको भ्रमण गरिसकेका छन्। 

बिदेश बसाईको क्रममा उनी बिश्व भरिका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ, अन्तर्राष्ट्रिय समितिका दुई कार्यकाल अध्यक्ष समेत रहेका थिए। डॉ. सीके राउत संस्थापक अध्यक्ष रहेको सो संगठनमा उनी स्थापना कालदेखि नै सक्रिय भूमिकामा रहेका छन्। ई. कुशवाहाको नेतृत्वमा अहिले यो संगठन ४६ देशमा २ लाख बढ़ी मधेशीहरूलाई संगठित गरेको छ। 

तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका बेला डॉ. सीके राउत तथा गठबन्धनका नेता कार्यकर्ताका लागी उनी विदेशमा सक्रिय भूमिका निर्वाह गरेका थिए। सोही क्रममा उनी सन् २०१७ मा मधेशको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघ जेनेभामा सहभागी भएका थिए। 

त्याहाँ उनले डॉ. सीके राउत तथा गठबन्धनका नेता कार्यकर्तामाथी भईरहेको दमन अत्याचारका विरूद्ध आवाज उठाएका थिए। सोही क्रममा उनी यूएनपीओ लगाएत अन्य संघ संगठनमा मधेशको मुद्दामाथी आवाज बुलन्द गरेका थिए।

जनमत पार्टीको बिदेश विभाग प्रमुखको रूपमा एक कार्यकाल पुरा गरी यही माघ २०७७ सालमा उनी सदाका लागी नेपाल फर्किए। आफ्नो मासिक दसौं लाखको जागीर तथा पाँचतारे होटेलको बसाई छोड़ी अब मधेशमा मधेशी जनताको ज़िन्दगीमा बदलावका लागी काम गर्दै छन्। 

मधेशमा अबको बिकल्प जनमत पार्टी मात्रै हो, डॉ. सीके राउतको नेतृत्वमा मधेश बिकास र समृद्धिको बाटोमा जान्छ, यही परिकल्पना र निश्चित रोडम्यापका साथ ई. बसन्त कुशवाहा मधेशको भूमिमा कार्यरत छन्। 

यही २०७७ चैत २८ गते सम्पन्न जनमत पार्टीको राष्ट्रिय महाधिवेशनबाट उनी राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन्। यसका साथ उनी जनमत पार्टीको नीति, उद्देश्य, घोषणा पत्र र पार्टीको प्राथमिकताका कार्यक्रमका साथ मधेशको जिल्ला जिल्ला वार्ड वार्ड स्तरमा प्रशिक्षण कार्यक्रममा लागेका छन्। 

जनमत पार्टी जितेको खण्डमा मधेशको आर्थिक बृद्धि ५ वर्षभित्रमा दोब्बर हुन सक्ने परियोजना तयार गरी जनमत पार्टीले हर घर १ रोज़गारी दिने घोषणा समेत गरेको छ।

  • 11%
  • 0%
  • 1%
  • 0%
  • 0%
  • 0%

सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ : महामन्त्री कोइराला

  • २०७८ श्रावण ११ सोमबार

eNewsbureau, काठमान्डौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।  गाईघाटस्थित लोकतान्त्रिक

पूरा पढ्नुहोस्

Bureau Menus