जनता समाजवादी पार्टीमा उपेन्द्र यादब बलियो
यद्दपी महन्थ पक्षले हालेको रिटमा अदालतले परमादेश जारी गरेमा माहोल परिवर्तन हुनेछ ।

२०७८ साउन १० आइतबार, बिहान ८:१६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, १० साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालमा अध्यक्ष उपेन्द्र यादव पक्ष झन बलियो देखिएको छ ।
शनिवार बसेको उपेन्द्र पक्षका कार्यकारिणी बैठकमा ३१ जना सदस्य सहभागी भए । जसमा उनकै पक्षमा रहेका कार्यकारिणी सदस्य प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साह अनुपस्थित थिए ।
काठमाण्डु पुग्न ढिलो भएकाले उनीहरु आईतवारको बैठकमा सहभागी हुनेछन् । यस्तै उपेन्द्र पक्षमा महन्थ ठाकुर पक्षका नेता राजकिशोर यादव पनि खुलेका छन् ।
शनिवार महन्थ ठाकुरलाई भेटेर आफू पार्टी फुटको पक्षमा नरहेको भन्दै साथ दिन नसक्ने स्पष्ट पारेका थिए । आईतवार बस्ने उपेन्द्र पक्षको बैठकमा राजकिशोर समेत सहभागी भएपछि कार्यकारिणी सदस्यको संख्या ३४ पुग्नेछ ।
स्रोतका अनुसार निर्वाचन आयोगले कार्यकारिणी सदस्यको हेड काउन्ट गर्ने दिनसम्म ५५ सदस्यीयमध्ये उपेन्द्र पक्षमा ३८ देखि ४० सदस्य पुग्नेछन् । जसपाको आधिकारिकता नपाउने देखेपछि महन्थ ठाकुर पक्ष सर्वोच्चमा रिट दर्ता गराएको छ ।
निर्वाचन आयोगको फैसला आफ् नो पक्षमा नआउने देखेर महन्थ पक्षले सर्वोच्चमा रिट हाल्नु हार मानसिकताको उपज भएको उपेन्द्र पक्षले ठहर गरेको छ । निर्वाचन आयोग संवैधानिक निकाय हो ।
इजलास गठन भएपछि अदालत सरह नै मानिन्छ । त्यसैले विवादको निरुपण गर्ने प्रकृयामा रहेकै बेला रिट दायर गर्न नमिल्ने उपेन्द्र पक्षले निष्कर्ष निकालेको छ ।
यद्दपी महन्थ पक्षले हालेको रिटमा अदालतले परमादेश जारी गरेमा माहोल परिवर्तन हुनेछ । सम्भवतः अदालतले परमादेश जारी नगर्ने कानून व्यवसायी बताउँछन् ।
जसपा पार्टी उपेन्द्र पक्षको रहने भएपछि राजेन्द्र महतो पनि निक्कै तनावमा परेका छन् । स्रोतका अनुसार उनले महन्थ ठाकुरलाई आफू राजिनामा दिने बताएका छन् ।
पार्टी फुटाउन ४० प्रतिशत सदस्य नपुगेपछि उनी कारबाहीबाट बच्न राजिनामा दिने मुड बनाएका हुन् । साउन ११ मा निर्वाचन आयोगले कार्यकारिणी सदस्यको हेड काउन्ट गर्ने भन्दै नागरिकता बोकेर आउन भनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…