धनुषाधाम माविमा शिक्षक र व्यवस्थापन समितिलाई निषेध
विनय कुमार यादव || धनुषा, २७ फागुन । पटक पटक विवादमा रहेका धनुषाको धनुष जनता माविमा शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई प्रवेश निषेध गरिएको छ । कैँयौ महिनादेखि पटक पटक आन्दोलन गर्दै आएका प्राविधिक सेक्सनका विद्यार्थीहरुले यसपालि विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई विद्यालयमा प्रवेश

२०७४ फागुन २७ आइतबार, बेलुकी ५:२६ बजे१ मिनेट पढाइ

विनय कुमार यादव ||
धनुषा, २७ फागुन । पटक पटक विवादमा रहेका धनुषाको धनुष जनता माविमा शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई प्रवेश निषेध गरिएको छ ।
कैँयौ महिनादेखि पटक पटक आन्दोलन गर्दै आएका प्राविधिक सेक्सनका विद्यार्थीहरुले यसपालि विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई विद्यालयमा प्रवेश निषेध गरिएको भनेर बैनर लगाएको छ ।
नियमिति पठनपाठन नभएको तथा अन्य सहमतिका बुंदाहरु कार्यन्वयन नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
यता, नगरपालिकाका मेयर बालेश्वर मण्डलले समस्या समाधान नहुन्जेल शिक्षक तथा कर्मचारीको तलब भत्ता रोक्का गरि राख्ने जनाएको छ ।
तलब भत्ता रोक्का गरेकै कारण शिक्षकहरु पठनपाठनमा झन अनियमितता गरेको भन्दै यस्तो समस्या आएको हो ।
यसअघि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गर्दा शिक्षकले निर्घात कुटपिट गरी एक विद्यार्थीलाई गम्भिर बनाएका थिए ।
यस विद्यालयमा पटक पटक यस्ता विवादहरु नियमित हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…