जनकपुरमा 'रामायण मेला' हुने
न्यूज ब्यूरो || जनकपुरधाम, २७ फागुन । जनकपुर र अयोध्यालाई भगीनि शहरको रुपमा विकास गर्ने भएको सम्झौता कार्यान्वयन गराउनको लागि जनकपुरधाममा रामायण मेलाको आयोजन हुने भएको छ । नेपाल र भारत सरकार बिच ३ वर्ष अघि भएको सम्झौता कार्यान्वयनका लागि जानकी नवमीको अवसरमा यस वर्ष जनकपुरधाममा रामायण मेलाको हुन लागे

२०७४ फागुन २७ आइतबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २७ फागुन ।
जनकपुर र अयोध्यालाई भगीनि शहरको रुपमा विकास गर्ने भएको सम्झौता कार्यान्वयन गराउनको लागि जनकपुरधाममा रामायण मेलाको आयोजन हुने भएको छ ।
नेपाल र भारत सरकार बिच ३ वर्ष अघि भएको सम्झौता कार्यान्वयनका लागि जानकी नवमीको अवसरमा यस वर्ष जनकपुरधाममा रामायण मेलाको हुन लागेको हो ।
जानकी नवमीलाई भव्य र सभ्य बनाउन आज जानकी मन्दिरमा बसेको सर्बपक्षिय बैठकमा मन्दिरका व्यवस्थापक रामरोशन दाशले पाँच दिवसीय रामायण मेलाको तयारी भईरहेको जानकारी दिए ।
जनकपुरमा जनकपुरधाममा रामायण मेलाको आयोजन हुने पहिलो चोटी हुन लागेको रामायण मेलामा नेपाल र भारतका अध्यात्मिक र विद्वानहरुको सहभागिता रहने दाशले दाबी गरे ।
विभिन्न धार्मिक(सांस्कृतिक कार्यक्रमहरु आयोजन गरी जानकी मन्दिरले धुमधामका साथ ९ दिन सम्म जानकी नवमी मनाउने तयारी थालेको हो ।
त्रेतायुगमा अनिकाल खडेरी परेपछि ब्रम्हर्षीहरुको सल्लाह अनुसार मिथिलाका राजा जनकले हल्लो जोत्ने क्रममा बैशाख शुक्लपक्ष नवमी तिथीका दिन पृथ्वी स्वरुपा जानकी प्रगट भएको स्मरणमा जानकी नबमी मनाईन परम्परा रहेको छ भनेर जनकपुरबाट प्रकाशित हुने आजको न्यूजपेपर दैनिक पत्रिकामा समाचार छापिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…