जसपाको विवादबारे आज निर्वाचन आयोगमा बहस, कस्को होला जसपा ?
इजलासले गएको आइतबारदेखि जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो ।

२०७८ साउन ७ बिहीबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ७ साउन । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ ।
आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।
आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो ।
इजलासले गएको आइतबारदेखि जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…