सँसदबाट मेयर

नेतृ सरिता गिरी मेयरमा लडने घोषणा

साँसद पदबाट समेत निष्कासित गरिएकी सरिता गिरी साँसद भइसकेकी महिला मेयरको लागि लडनु पनि चर्चाको विषय

२०७८ श्रावण ५ मंगलबार
रति ८:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, ५ साउन । जनता समाजवादी पार्टीबाट बागी बनेकी चर्चित नेतृ सरिता गिरीले आउँदो चुनावमा मेयरको पदको लागि चुनाव लडने घोषणा गरेकी छिन् । 

प्रदेश नम्बर २ स्थित सिरहाको लहान नगरपालिकाको मेयर पदको लागि आगामी चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । मँगलबार आफ्नो अधिकारिक फेसबुक पेजमा स्टेटस लेख्दै उनले आफू मेयर पदमा लडने बताएकी हुन् । 

लहान नगरपालिकाका नागरिक वर्तमान मेयर मुनी साहबाट आजित भएको भन्दै उनीहरुको समृद्धिको लागि लहानबाट चुनाव लडने घोषणा गरेकी हुन् । आउँदो स्थानीय तहको आगामी चुनावमा मेयर पदको लागि लडने भएकी हुन् । 

नेपालको चुच्चे नक्साको विषयमा भारतसँग सोध्नुपर्ने धारणा मात्र राखेपछि पार्टीबाट निस्कासन गरिएकी सरिता गिरी लहानको मेयरको लागि लडने भनेपछि चौतर्फी चर्चा सुरु भएको छ । 

साँसद पदबाट समेत निष्कासित गरिएकी सरिता गिरी साँसद भइसकेकी महिला मेयरको लागि लडनु पनि चर्चाको विषय बनेको हो । 

नेपालको नयाँ नक्सा जारीको बेला गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गरेकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् ।

समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेपछि उनलाई पार्टीबाट समेत निष्कासन गरिएको थियो ।

उनले आफ्नो फेसबुकमा यसरी लेखेकी छिन् – " म लहान नगरपालिका काे मेयर पद का लागि चुनाव लडने घाेषणा गर्दछु l लहान नगरपालिका काे जनता मेयर मुनी साह बाट पीडित छन l उनकाे अधिनायकवाद लाइ जनता ले परास्त गर्ने छl अब 5 वर्ष स्थानीय स्तर मा रही जनता काे सेवा गर्ने छु l

म सबै संग आजकाे दिन देखि सहयाेग र सम्पर्क का लागि हार्दिक अपील गर्दछु l स्थानीय स्तर मा लाेकतंत्र , समय सुहांउदाे विकास नीति र पारदर्शिता नभयी सबै काे विकास हुन सक्दैन l "

  • 23%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 5%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७८ श्रावण ५ मंगलबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus