भीम रावलद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा
साथै, नेपालनिकट सांसदहरुले पदबाट राजीनामा नदिन दबाब दिए पनि उनले पदबाट राजीनामा दिने घोषणा गरे ।

२०७८ साउन ३ आइतबार, दिउँसो ४:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सांसद् पदबाट राजीनामा दिन संसद सचिवालयमा आएका उनलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरुले रोक पनि नयाँ बानेश्वरस्थित संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने उनले तयारी गरेको बताए ।
पार्टी एकता गर्नका लागि १० बुँदे सहमतिमा ओली समूहबाट सकारात्मक देखिएको तर, माधव नेपालबाटै पूर्ण अस्विकार गरिएको भन्दै उनले सांसद पदबाट राजीनामा दिन लागेको बताए । उनका अनुसार आफू पार्टी एकताको पक्षमा उभिदा पार्टीभित्रै अनैतिक राजनीति हुन थालेपछि पदबाट राजीनामा दिन बाध्य भएको उनले सुनाए ।
साथै, नेपालनिकट सांसदहरुले पदबाट राजीनामा नदिन दबाब दिए पनि उनले पदबाट राजीनामा दिने घोषणा गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…