गायक ज्ञानु यादवको नेतृत्वमा सँस्कृति जनमत सँघ गठन
यसअघि ज्ञानु यादवले नै समाजमा अपाच्य हुने खालका गीतहरु गाएको र गाउँदै आएपछि अब सो लाई नियन्त्रण गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।

२०७८ साउन २ शनिबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सँस्कृति भातृ सँगठन तर्फ सँस्कृति जनमत सँघ गठन गरिएको छ ।
सिरहाका गायक ज्ञानु यादवको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरिएको हो । शुक्रबार जनमत पार्टी सिरहा कार्य समितिद्धारा जिल्लास्तरीय सँस्कृति जनमत सँघ गठन गरिएको हो ।
जनमत पार्टीका सिरहा जिल्ला अध्यक्ष विजय साहको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार त्यागीको प्रमुख आतिथ्यमा भएको सम्मेलनबाट गायक ज्ञानु यादवको अध्यक्षतामा सँस्कृति जनमत सँघ गठन गरिएको हो ।
तराई मधेशमा मौलाउँदै गएको छाडा गीतहरुलाई नियन्त्रण गर्ने उदेश्यले पनि सँस्कृति जनमत सँघ गठन गरिएको बताइएको छ । तराई मधेशको सँस्कृति उजागर, प्रचार प्रसार, सँगीत मार्फत गर्ने उदेश्य सहित जनमत पार्टीको भातृ सँगठनको रुपमा सँस्कृति जनमत सँघ गठन गरिएको जनमत पार्टीका युवा नेता सँजय स्वराजले जानकारी दिए ।
यसअघि ज्ञानु यादवले नै समाजमा अपाच्य हुने खालका गीतहरु गाएको र गाउँदै आएपछि अब सो लाई नियन्त्रण गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…