धनुषाधाम नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर
पशुहरुको विभिन्न समयमा स्वास्थ्य चेकजाँच गरि उपलब्धि मुलुक कार्यक्रमहरु गरिदै आएको पशु सेवा शाखाका अधिकृत बिसुनदेव यादवले जानकारी दिए ।

२०७८ साउन १ शुक्रबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ

न्युज ब्युरो ,जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा पशु सेवा शाखाको स्वीकृत वार्षिक कार्यक्रमहरु सम्पन्न गरिएको छ ।
नगरपालिका भरिका पशुहरुमा ९० प्रतिशत लाभदायक कार्यक्रम भएको हो । पशु रोग नियन्त्रण गाउँ घर घुमिती किलनिक तथा पशु सेवा शाखाबाट च्यापकटर मेशिन ५० प्रतिशत अनुदानमा र बोयर बोका समुहहरुमा शतप्रतिशत अनुदानमा बितरण गरिएको हो । विभिन्न शिविरहरुको पालिका द्वारा स्वीकृत कार्यक्रम गरिएको हो ।
पशुहरुको विभिन्न समयमा स्वास्थ्य चेकजाँच गरि उपलब्धि मुलुक कार्यक्रमहरु गरिदै आएको पशु सेवा शाखाका अधिकृत बिसुनदेव यादवले जानकारी दिए ।
सो कार्यक्रमहरुमा उप मेयर विध्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की ,वडा नम्बर १ का वडा अध्यक्ष विश्वनाथ यादव ,कार्यालय प्रमुख ,पशु सेवा अधिकृत विष्णु देव यादब , ईन्जिनियर रन्धिर कुमार सिंह लगायत कर्मचारी तथा कृषकहरूको उपस्थितिमा वितरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…