देश र जनताको अहितमा कुनै काम गर्दिन : प्रधानमन्त्री ओली
न्यूज ब्यूरो || काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सर

२०७४ फागुन २५ शुक्रबार, राति ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकाले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभूति गराउने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारले सम्मानित जीवन जिउन पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउँछ, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।” सामाजिक सद्भाव भड्काउने, घृणाको खेती गर्ने र द्वन्द्व मच्चाउने तत्वसँग सजग हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल कसैको खेल मैदान होइन ।”
प्रधानमन्त्री ओलीले यस पटकको निर्वाचनमा जनताले स्थिरता र स्थायित्वका लागि मतदान गरेको उल्लेख गर्दै जनमतको कदर गर्न आफू सचेत रहेको बताउनुभयो । उहाँले केही वर्षपछि यस्ता ज्ञापनपत्र लिएर हिँड्नुपर्ने दिनको अन्त्य हुने उल्लेख गर्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…