सवोच्च अदालतलको फैसलाले सँविधान कुल्चिनबाट बच्यो : मन्त्री यादव
जनता समाजवादी पार्टीका प्रदेश जिल्ला अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रतिगमनकारी र तिनका मतियारहरुलाई सर्वोच्च अदालतको निर्णयले कडा तामाचा प्रहार भएको प्रतिक्रिया दिए ।

२०७८ असार २८ सोमबार, दिउँसो ४:४४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् ।
सोमबार सर्वोच्च अदालतले सँसद विघटनलाई बदर गर्ने आदेश दिएपछि सँविधानलाई कुल्चिन खोज्ने ओली जस्ता प्रतिगनमकारी र अहँकारीको घमण्ड टुटेको प्रतिक्रिया दिएका छन् ।
उनले बारम्बार सँविधानलाई मिचेर कानुनको धज्जिया उडाउँदै देशमा एकलौटीपन गर्न लागेकोप्रति खेद प्रकट गर्दै न्यायलयमाथिको विश्वास जनतामा अझै कायम राखेको साबित भएको बताए ।
जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रतिगमनकारी र तिनका मतियारहरुलाई सर्वोच्च अदालतको निर्णयले कडा तामाचा प्रहार भएको प्रतिक्रिया दिए ।
'संघीयता, समावेशी, गणतन्त्र र संविधानको रक्षाको लागि सर्वोच्चको फैसला ऐतिहासिक एवं स्वागतयोग्य छ । संविधानको मर्म कुल्चेर अघि बढेको सरकारको स्वेच्छाचारी कदमलाई अदालतको यो फैसलाले लगाम त लगाएको छ नै, प्रतिगमनकारी तत्वलाई समेत परास्त गरेर मुलुकलाई सुरक्षित एवं नयाँ दिशा प्रदान गरेको छ ।' उनले लेखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…