धनुषामा नवविवाहिता युवतिको शंकास्पद मृत्यु
घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीलाई हत्या गर्ने दोषीहरुलाई कारबाही गर्न माइतपक्षले माग गरेका छन् ।

२०७८ असार २८ सोमबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषाजिल्लास्थित एक नवविवाहिता युवतिको शंकास्पद मृत्यु भएको छ ।
उत्तरी धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया श्रीमती अञ्जु महतोको आइतबार साँझ शंकास्पद मृत्यु भएको हो ।
आइतबार साँझ आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
उनका अनुसार साँझ ७ बजे अञ्जुको शव ओछ्यानमा फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएकोले घटना शंकास्पद रहेको छ ।
ओछ्यान घरको छनामा अञ्जुको सल बाँधिएको थियो । परिवारजनले अञ्जुले आत्महत्या गरेको बताएपनि माइत पक्षले घरपरिवार मिलेर छोरी अञ्जुको हात्या गरेको दावी गरेको छ ।
अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रामवृक्षसंग भएको थियो । विवाहपछि परिवारजनले यस्तो बुहारीले घर नचल्ने कुरा माइत पक्षलाई पटक–पटक सुनाएको आरोप छ ।
घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीलाई हत्या गर्ने दोषीहरुलाई कारबाही गर्न माइतपक्षले माग गरेका छन् ।
अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या वा आत्महत्या पोष्टमार्टमको रिपोर्टपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…